तिहारको पूर्व सन्ध्यामा सुनको मूल्य बढ्यो


८ कार्तिक २०७६, शुक्रबार
gold 2

काठमाडौं, ८ कातिक । तिहारको पूर्व सन्ध्यामा नेपाली बजारमा सुन–चाँदीको मूल्य वृद्धि भएको छ ।

पछिल्लो दुई दिनदेखि स्थिर रहेको सुनको मूल्यमा आज प्रतितोला रु ६०० ले वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ६०० ले बढेर रु ७१ हजार पुगेको छ ।

बिहीबार छापावाला सुन प्रतितोला रु ७० हजार ४०० मा कारोवार भएको थियो । यसैगरी तेजाबी सुनको मूल्य पनि रु ६०० ले नै वृद्धि भई प्रतितोला रु ७० हजार ७०० पुगेको छ । बिहीबार तेजाबी सुन रु ७० हजार ७०० मा खरीद बिक्री भएको थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ । आज चाँदीको मूल्य रु १० ले वृद्धि भई प्रतितोला रु ८६० मा खरीद बिक्री भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७