एन्फालाई ३९ लाख जरिवाना, गल्ती दोहोरिए थप जरिवाना र प्रतिबन्ध


८ कार्तिक २०७६, शुक्रबार
anfa

काठमाडौं, ८ कातिक । एशियाली फुटबल महासंघ (एएफसी) को अनुशासन तथा आचार संहिता समितिले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि ३५ हजार अमेरिकी डलर (३९ लाख ८६ हजार रुपैयाँ) जरिवाना गरेको छ ।

समितिको गत बुधबार बसेको बैठकले एन्फाले ‘एएफसी क्लब लाइसेनिङ रेगुलेन’ बिपरीत काम गरेको भन्दै जरिवाना गर्ने निर्णय गरेको हो । एन्फाले मापदण्ड नपुगेका क्लबलाई एएफसी लाइसेन्स दिएको समितिको ठहर छ ।

गत सिजन मनाङ मर्स्याङ्दी क्लबले लिग च्याम्पियनको हैसियतमा नेपालको तर्फबाट एएफसी कप २०१९ खेलेको थियो । समूह चरणबाटै बाहिरिएको मनाङलाई एन्फाले मापदण्ड विपरित लाइसेन्स दिएको एएफसीको ठहर छ ।

क्लब लाइसेन्स पाउन आफ्नै मैदान, एकेडेमी, उमेर समूहको टिम, टिम डाक्टर, मिडिया अफिसर लगायतका मापदण्ड पूरा गर्नु पर्ने नियम छ ।

एएफसीले एन्फाले गल्ति दोहोर्‍याए थप २५ हजार डलर जरिवाना र २ वर्ष निलम्बन गर्ने समेत चेतावनी दिएको छ । एन्फाले निर्णय पाएको ३० दिनभित्रमा जरिवाना बुझाउनु पर्ने समेत निर्णय भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७