नेपाली मूलकी समृद्धि बनिन् अमेरिकी सेनाको मेजर


८ कार्तिक २०७६, शुक्रबार
ss

काठमाडौँ, ८ कार्तिक । नेपाली मूलका समृद्धि रिमाल अमेरिकी सेनाको मेजर बनेकी छन् । सम्भवतः त उनी नै हुन् नेपाली मूलकी अमेरिकी सेनामा कार्यरत उच्च तहमा पुग्ने पहिलो नेपाली महिला ।

समृद्धि अमेरिकी सेनामा उच्च तहमा पुगे पनि नेपालबाटै अमेरिकी सेनामा आबद्ध हुने व्यवस्था भने छैन । उनी हाल अमेरिकाका रक्षा मन्त्रालयमा कार्यरत छिन् । नेपालीहरूलाई सहज रूपमा अमेरिका जान वातावरण नरहे पनि धेरै नेपालीहरू अमेरिकामा रहँदै आएका छन् ।

११ वर्षको सानै उमेरमा परिवारसँग अमेरिका पुगेकी समृद्धिले १८ वर्षको उमेरमा उच्च शिक्षा हासिल गरेर अमेरिकी सेनामा आबद्ध भएकी हुन् । भने स्नातकोत्तरको शिक्षा सोनाम आबद्ध भइसकेपछि पुरा गरेकी हुन् ।

नेपाली मूलका भएर पनि अमेरिकी सेनामा कार्यरत हुन पाउँदा खुसी लागेको बताइन् । उनी भन्छिन्, ‘अमेरिकाको सोनाम कार्यरत हुन पाउँदा खुसी छु । यहाँ तालिम मात्र होइन, राम्रो हेरचाह पनि हुँदो रहेछ ।’

अमेरिकी सेनामा सुरुमा २, ३ वार्षमात्रै काम गर्ने इच्छा रहेको सुनाउँदै उनले भनिन्, यहाँ मलाई २, ३ मात्र काम गर्ने सोचमा थिएँ । तर, राम्रो वातावरण पाएपछि फर्कन सकिनँ । बानी पर्‍यो यतै रमाएँ ।’

उनले अमेरिकी सोनाम भर्ती हुने बारे आफूलाई ज्ञान नभएको बताउँदै भनिन्, मलाई यो क्षेत्रमा कसरी आबद्ध हुने थाहा थिएन । उच्च शिक्षा अध्ययन गर्ने क्रममा अमेरिकी सेनाकी एक महिलासँग भेट भएको थियो । उसैले उपाय सिकाइन् ।’

अमेरिका गएदेखि एक पटक मात्रै नेपाल आएकी समृद्धि नेपाल आउन चाहन्छन् तर अमेरिकी सेनामा छुटी कम मिल्ने भएकोले पाएकी छैनन् । नेपाल भाषा र संस्कार राम्रो लाग्ने उनी भन्छिन् ।

‘हामी जहाँ रहे पनि हाम्रो संस्कृति र भाषा प्रबुद्ध गर्नु पर्छ, उनले भनिन्, यहाँ रहे पनि नेपाली साँस्कृत बहुत मन पर्छ । साडी पहिरिन बहुन रहर लाग्छ ।’

आफ्ना सन्तानलाई नेपाली भाषा, सांस्कृतिक विषयमा सिकाउने गरेको बताइन् । उनले भनिन्, आफ्नो सन्तानलाई नेपाल देखाउन म छ । युट्युबबाट नेपाली भाषाका गीतहरू सुनाउने र नाच्न सिकाउने गरेकी छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७