शनि विश्वकर्मा बने पहिलो नेपाल लोक स्टार, ५० लाख पुरस्कार प्राप्त


९ कार्तिक २०७६, शनिबार
sani

काठमाडौं, ९ कार्तिक । लोक गायनको रियालिटी शो ‘नेपाल लोक स्टार’ को पहिलो विजेता रोल्पाका शनि विश्वकर्मा बनेका छन् । शुक्रबार भृकुटीमण्डपमा भएको ग्राण्ड फिनालेबाट विश्वकर्मालाई नेपाल लोक स्टार घोषणा गरिएको हो । विश्वकर्माले ५० लाख रुपैयाँको पुरस्कार हात पारेका छन् ।

यसका साथै उनले २५ लाख रुपैयाँ बराबरको जीवन बीमा पनि हात पारेको हुन् । यस्तै स्याङ्जाका चेतन गोतामे लोकस्टारको दोस्रो बनेका छन् । उनले २५ लाख रुपैयाँ पुरस्कार र १५ लाख बराबरको जीवन बीमा पाउन सफल भएका छन् ।

उदयपुरका विनोद दनुवारले तेस्रो स्थान हात पारेका छन् । उनले १० लाख रुपैयाँ नगद पुरस्कारका साथै १० लाख रुपैयाँ बराबरकै जीवन बीमा हात पारेका हुन् । यस्तै रामकुमार नेपालीले इलेक्ट्रिफाइङ्ग पर्फर्मेन्स अवार्ड हात पार्न सफल भए । उनले लिट्मस केबलको तर्फबाट २ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

उनीहरुलाई शनिबार दिउँसो १२ बजेबाट शुक्रबार दिउँसो १२ बजेसम्म पाएको भोटको आधारमा विजेता घोषित गरिएको छ । अडिसनदेखि विभिन्न राउण्डहरु पार गर्दै नेपाल लोक स्टारको ग्राण्ड फिनालेमा ४ प्रतिष्पर्धी पुग्न सफल भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७