कामना सेवा विकास बैंकको १०० औं शाखा उद्घाटन


९ कार्तिक २०७६, शनिबार
group pic

काठमाडौं, ८ कात्तिक। कामना सेवा विकास बैंकले देशव्यापी रुपमा शाखा सञ्जाल विस्तारको क्रममा शुक्रबार १०० औं शाखा राजधानीको ललितपुरको कुमारीपाटीमा उद्घाटन गरेको छ ।
ललितपुर महानगरपालिका वडा नं.२० स्थित कुमारीपाटीमा कार्तिक ०८ गते बैंकको १०० औं शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको छ ।

१०० औं शाखा कार्यालय उद्घाटन बैंकका अध्यक्ष सुदिप आर्चाय तथा प्रमुख अतिथि एवं नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज ?श्रेष्ठले संयुक्त रुपमा गरेका छन् । बैंकको १०० औं शाखा स्थापनाको अवसरमा काठमाडौं ग्राण्डी अस्पतालको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षण समेत गरिएको थियो ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि डेपुटी गभर्नर श्रेष्ठले शुभकामना मन्तव्य दिदै बैंकले छोटो अवधिमा राम्रो प्रगति गरेर सवल बैंक बन्न सफल भएकोमा खुशी व्यक्त गरे । डेपुटी गर्भनर श्रेष्ठले आगामी दिनमा बैंक बझै मजबुत हुदै जाने र देशको आर्थिक विकासमा टेवा पुराउने कुरामा आफू विश्वस्त रहेको बताए । साथै श्रेष्ठले बैकिङ क्षेत्रमा विभिन्न खाले जोखिम र चुनौतीहरु थपिंदै गएको हुंदा अत्यन्तै चनाख भएर काम गर्न सुझाव समेत दिए ।

उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष आचार्यले बैंकले जनताको सेवामा निरञ्तर खटिरहेको बताउँदै आगामी दिनमा अझै देशव्यापी रुपमा जनताको बीचमा बैंकिङ सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष आचार्यले सरल, छिटो र सुरक्षित सेवा प्रवाह गर्न बैंक प्रयासरत रहेको बताए ।

उद्घाटन कार्यक्रममा सञ्चालक चतुराखर अधिकारीले स्वागत गरेका थिए भने संस्थापक कृष्ण आचार्य र बैंकका सञ्चालक भिम प्रसाद तुलाचन मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन बैंकका कानून विभाग प्रमुख डिपी भट्टराईले गरेका थिए । कार्यक्रममा पूर्व सञ्चालकहरुको उमेत उपस्थिति रहेको थियो । बैंकले स्वर्णिम सुरक्षित प्रिमियम बचत योजना समेत सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७