सशस्त्र प्रहरीको मुख्यालयमा भएको आगलागीमा हवल्दारकै संलग्नता


११ पुष २०७४, मंगलवार
s 26122017023025

काठमाडौं: काठमाडौंको हलचोकमा रहेको सशस्त्र प्रहरीको मुख्यालयमा गत सोमबार राति भएको आलगालीमा सशस्त्र प्रहरीकै अधिकारीको संलग्नता रहेको खुलेको छ ।s 26122017023025

महानगरीय अपराध महाशाखाको अनुसन्धानले घटनामा श्रेष्ठको संलग्नता देखिएपछि उनलाई प्रहरी परिसर, स्वयम्भूको टोलीले पक्राउ गरेको प्रहरी परिसर, स्वयम्भूले जनाएको छ । घटनामा सशस्त्र प्रहरीको केही महत्वपूर्ण सामग्री जलेर नष्ट भएको थियो ।

सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी बाबुराम पाण्डेका अनुसार आगलागीबाट २२ लाख रुपैयाँ बढीको क्षति भएको छ ।

सशस्त्रको खेल मैदानसँगै रहेको प्याराफिट भवनमा रहेको कोठामा राति करिब १ बजेतिर लागेको आगो दुइटा दमकलको सहायताले राति नै निभाइएको थियो। सशस्त्रले कागजात, पुराना कम्प्युटर र लेखा शाखाका केही सामग्री रहेको कोठामा लागेको आगो शंकास्पद भन्दै प्रशासन विभागका एआईजी प्रेम शाहीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको थियो। यस्तै गृहमन्त्रालयले पनि सहसचिव कृष्ण राउतको संयोजकत्वमा नेपाल प्रहरीका डिआईजी गणेश केसी सदस्य रहेको छानबिन समिति बनाएको थियो।

सशस्त्रका प्रवक्ता बाबुराम पाण्डेका अनुसार आगलागीबाट २० लाख रुपैयाँभन्दा बढीको क्षति पुगेको थियो। प्रारम्भिक अध्ययनमा स्टोरभित्र रहेको फ्रिज खुला अवस्थामा रहेको र त्यसैबाट बिजुली सट भएर आगो लागेको आशंका गरिएको थियो। लेखासम्बन्धी केही महत्त्वपूर्ण कागजात पनि जलेको आशंका सशस्त्रकै एक उच्च अधिकारीले गरेका थिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७