शिक्षा क्षेत्रको विकास बिना मुलुकको विकास हुन सक्दैन : प्रचण्ड


९ कार्तिक २०७६, शनिबार
Prachanda

काठमाडौँ, ९ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले मुलुकको विकासको पहिलो प्राथमिकता शिक्षा क्षेत्र भएको बताएका छन् ।

चन्द्रागिरी नगरपालिका बडा नम्बर १५ को वडा अध्यक्ष शैक्षिक विकास कोषले शनिवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले शिक्षा क्षेत्रको विकास बिना मुलुकको विकास हुन नसक्ने बताएको हो ।

विकास र समृद्धिको नयाँ युग तर्फ जाने प्रयत्न भए पनि सुरु कहाँबाट गर्ने भन्ने सवाल सिर्जना भएको उनको भनाई छ । उनले अहिले शिक्षाको नयाँ नीति आउन लागेको भन्दै यस क्षेत्रमा सरकार पनि गम्भीर देखिएको धारणा राखे ।

प्रचण्डले सबैभन्दा बढी लगानी शिक्षामा गर्नुपर्ने गर्नुपर्ने र यस क्षेत्रलाई आमूल सुधारको खाँचो रहेको जिकिर गरे ।

कार्यक्रममा विभिन्न रचनात्मक कार्यक्रमका विजेताहरूलाई पुरस्कृत गरिएको थियो । त्यस्तै वडा भित्रका पिएचडी उपाधि प्राप्त व्यक्तिहरू तथा खेलाडीहरूलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७