ब्राइटनद्वारा एभर्टन पराजित, बायर्न म्युनिख बुन्डेस लिगाको शीर्ष स्थानमा


१० कार्तिक २०७६, आईतवार
epl logo bHHdNoOWHr

काठमाडौं, १० कार्तिक । इङ्लिस प्रिमियर लिग फुटबलमा एभर्टन ब्राइटनसँग पराजित भएको छ ।
शनिबार राति भएको खेलमा ब्राइटनले एभर्टनलाई ३–२ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा खेलको इन्जुरी समयमा एभर्टनका लुकास डिग्नेले आत्मघाती गोल गरेपछि ब्राइटनले ३ –२ को जित निकालेको हो ।

जितसँगै १० खेलबाट १२ अंक जोडेको ब्राइटन लिगको १२ औँ स्थानमा रहेको छ । १० खेलमा १० अंक जोडेर एभर्टन १६ औँ स्थानमा रहेको छ ।

यस्तै, अर्को खेलमा वेष्टह्यामले शेफिल्ड युनाइटेडसँग १–१ गोलको बराबरी खेलेको छ । वाट्फोर्डले भने एफसी बर्नमाउथसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।
बुन्डेस लिगा
साविक विजेता बायर्न म्युनिख जर्मन बुन्डेस लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । एफसी युनियन बर्लिनलाई २ –१ गोल अन्तरले हराउँदै बायर्न शीर्ष स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा वायर्नलाई जिताउन बेन्जामिन पाभर्ड र रोबर्टो लेवान्डोस्कीले एक एक गोल गरे । बर्लिनका सेबास्टियन पोल्टेरले एक गोल फर्काए । जितसँगै बायर्नले ९ खेलबाट १८ अंक जोडेको छ । अर्को खेलमा बोरसिया डर्टमण्ड भने शाल्केसँग गोलरहित बराबरीमा रोकिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७