तस्विरमा तिहारको तयारी (फोटो फिचर)


१० कार्तिक २०७६, आईतवार
tihar cover

काठमाडौं, १० कार्तिक । हिन्दू धर्मावलम्बीको दोस्रो ठूलो चाड तिहार घर–घरमा भित्रिएको छ । तिहार प्रकृतिका विभिन्न पक्षको सन्तुलनको पर्व पनि हो ।

तिहार अर्थात् दीपावलीका अवसरमा आज मानवका अतिरिक्त विभिन्न जनावरको समेत पूजाआजा गरिएको छ । आज कागको पूजाबाट शुरु भएको तिहार आज विहान कुकुरको पूजा गरी बनाइएको छ । यस्तै आजै लक्ष्मी पूजा समेत गरिंदैछ ।

तिहार दाजुभाइ दिदीवहिनीको मात्र मिलन गराउने चाडमा सीमित छैन । तिहार प्रकृति र पशुपक्षीसँग समेत जोडिने र यसको महत्व थप उजागर हुने दिन हो । तिहारमा कागको पूजा, कुकुरको पूजा, लक्ष्मीको पूजा, गोरुको पूजा र अन्तिममा दाजुभाइको पूजा गरिन्छ ।

अहिले दिदी बहिनीहरु आफ्ना दाजुभाइलाई भाइटीका लगाई दिनका लागि विभिन्न तयारी गरिरहेका छन् । तिहारका कारण घरहरु फूलको मालाले सजिएका छन् । तिहारका कारण बजारमा समेत किनमेलको चटारो बढेको छ । बजारमा तिहारका महसला, फलफूल, रङ्ग, पालादेखि दाजुभाइको शिरमा लगाई दिने ढाका टोपीको व्यापार समेत चम्केको छ ।
हेर्नुस् तस्विरमा तिहारले ल्याएको रमझम

tihar 1
tihar 15
tihar 14
tihar 13
tihar 12
tihar 11
tihar 10
tihar 9
tihar 8
tihar 7
tihar 6
tihar 5
tihar 4
tihar 3
tihar 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७