लिभरपुल र म्यान्चेस्टर युनाइटेड विजयी, २८ अंकसहित लिभरपुल शीर्ष स्थानमा


११ कार्तिक २०७६, सोमबार
liver

काठमाडौं, ११ कार्तिक । इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यान्चेस्टर युनाइटेड विजयी भएका छन् ।

गए राति भएको खेलमा शिर्ष स्थानको लिभरपुलले टोटनह्याम हट्सपरलाई २–१ ले हराएको छ । लिभरपुलको मैदान एन्फील्डमा टोटनह्यामका ह्यारी केनले पहिलो मिनेटमै गोल गर्दैै पाहुना टोलीलाई शुरुवाती अग्रता दिए ।

तर दोस्रो हाफमा लिरभपुलका जोर्डन हेन्डर्सन र मोहोमद सालाहले एक एक गोल गर्दै टोलीलाई विजयी गराए । प्रिमियर लिग फुटबलकै अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले नरिच सिटीलाई ३–१ ले पराजित गरेको छ ।

म्यान्चेस्टर युनाइटेडको जितमा स्कट म्याक्टोमनी, मार्कस रास्फोर्ड र एन्टोनी मार्टियलको एक एक गोल सामेल थियो । गए रातिकै अर्को खेलमा आर्सनलले क्रिष्टल प्यालेससँग २–२ गोलको बराबरी खेल्दा न्युकासल युनाइटेड र वुल्भरह्याम्पटन वान्डरर्स १–१ गोलको बराबरीमा रोकिएका छन् ।

प्रिमियर लिग फुटबलमा १० औं चरणका खेलहरु सकिंदा २८ अंकसहित लिभरपुल शिर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको म्यान्चेस्टर सिटीको २२ अंक छ भने २०–२० अंक जोडेका लेष्टर सिटी र चेल्सी क्रमशः तेस्रो तगा चौथो स्थानमा रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७