सिन्धुपाल्चोकमा विद्युत् प्राधिकरणको सबस्टेशनमा आगलागी, तीन करोड बढीको क्षति


११ कार्तिक २०७६, सोमबार
sustation

सिन्धुपाल्चोक, ११ कार्तिक । नेपाल विद्युत् प्राधिकरणको सिन्धुपाल्चोक वितरण केन्द्रको सबस्टेशनमा आगलागी भएको छ ।

आइतबार मध्याह्न सबस्टेशनको ट्रान्सफर्मर अचानक पड्किएर आगलागी हुँदा ३० एमभीए क्षमताको ट्रान्सफर्मर पूर्णरूपमा जलेको छ ।

अचानक ट्रान्सफर्मर ठूलो आवाजका साथ पड्किएको र त्यसपछि सबस्टेशनमा आगोको मुस्लो उठेको सबस्टेशनका कर्मचारी फुर्पासाङ्गे लामाले जानकारी दिए । ‘अचानक ठूलो आवाजका साथ पड्कियो, त्यसपछि त राँको उठिहाल्यो’, उनले भने, ‘एक–दुई जनाले तत्काल निभाउन सक्ने अवस्था नै भएन ।’

आगलागीपछि नेपाली सेनाको विद्युत् प्राधिकरण सुरक्षा गुल्म, सशस्त्र प्रहरी, नेपाल प्रहरी, प्राधिकरणका कर्मचारी र स्थानीय अगुवाहरू आगो नियन्त्रणमा खटिएपछि झण्डै डेढ घण्टामा आगो नियन्त्रणमा आएको थियो । आगलागीपछि नेपाली सेना तत्काल नियन्त्रणमा खटिएको नेपाली सेनाका प्राधिकरण सुरक्षा गुल्मका क्याप्टेन प्रल्हाद केसीले बताए ।

प्राधिकरणका अनुसार जलेको ट्रान्सफर्मर मर्मत हुने–नहुने यकिन छैन । ३० एमभीए क्षमताको यो ट्रान्सफर्मर पूर्णरूपमा क्षति भएको अनुमान छ । ‘यो ट्रान्सफर्मरको मूल्य तीन करोडभन्दा बढी पर्दछ, मर्मत हुन सकेन भने तीन करोड त उसै क्षति भइहाल्यो’, सिन्धुपाल्चोक वितरण केन्द्रका इलेक्ट्रिक इन्जिनीयर राजन भण्डारीले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७