अपडेट : तीन नेपाली युवाको भारतमा ‘लिङ्ग छेदन’ गरी हत्या

हत्या भएकामध्ये हरिश बोहराकी श्रीमती किरी फरार


११ कार्तिक २०७६, सोमबार
3612 Shares
hatya india

बैतडी, ११ कार्तिक । भारतको पिथौराजढमा रोजगारीका लागि श्रीमतिसहित गएका बैतडीका तीन जना नेपाली युवाको विभत्स रुपमा हत्या गरिएको छ ।

डेरा गरेर बसेकै ठाउँमा तीनै जना नेपालीको शव लिङ्ग काटिएको अवस्थामा भेटिएको छ । श्रीमतीसहित एकवर्ष अघि भारतमा मजदुरीका लागि गएका पुरचौंडी गरपालिका–५ दहतालका हरिश बोहरा, सहोदर भाइ वीरा बोहरा र पुरचौडी नगरपालिका–४ भटना तडीखेतका काशी बोहराको विभत्स हत्या भएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

हत्या गरिएका हरिश बोहराकी श्रीमति किरी बोहरा, भाइ वीरा बोहरा र छिमेकी गाउँका काशी बोहरा भारतमा काम गर्दै थिए । घटनापछि हरे बोहराकी श्रीमती किरी बोहरा फरार रहेको भारतीय प्रहरीले जनाएको छ ।

नेपाली मजदुरको लिङ्ग काटेर हत्या गरिएको अवस्थामा ती वटा शव फेला परेको भारतीय सञ्चारमाध्यमलाई उदृत गर्दै स्थानीय सामाजिक संस्था ‘कार्ड’ की अभियन्ता तनुजा पोखरियालले जानकारी दिएकी छन् । उनले भनिन्, ‘‘घटना निकै निर्मम देखिन्छ ।

jagdamba.cement
rbbbb

हत्याको अनुसन्धान गर्न भारतको अलमोडाबाट फरेन्सिक जाँच गर्ने प्रहरीको उच्च टोली पिथौरागढ पुगेर घटनास्थलबाट हात र पञ्जाको नमुना संकलन गरेको छ । नेपालबाट कामको खोजीमा श्रीमतीसहित भारत पुगेका बोहरा दाजुभाइको हत्यापछि साथमा रहेकी महिला किरी बोहरा बेपत्ता रहेकी छिन् ।’

हत्या गरिएका नेपाली मजदुर दिनभरी ज्याला मजदूरी गरेर पिथौरागढ जिल्लाको मडधुरा गाउँमा डेरा लिएर बस्दै आईरहेका थिए । नेपाली मजदुरको दुई दिनअघि नै हत्या भए पनि घटना १० गते मात्रै सार्वजनिक भएको हो । तीन जनाको हत्यापछि महिला वेपत्ता भएका कारण घटनालाई रहस्यमय रुपमा हेरिएको छ ।

फरेन्सिक जाँचपछि मृतकहरुको शव पिथौरागढस्थित सरकारी जिल्ला अस्पतालमा राखिएको छ । घटनाबारे परिवारले १० गते अबेर मात्रै जानकारी पाएकोले सोमबार बिहानै आफन्तहरु पिथौरागढ जाने तयारीमा रहेको परिवारले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७