२५ ‘भीआइपी’ जुवाडे सर्वोच्च जाँदैै


११ कार्तिक २०७६, सोमबार
812 Shares
juwade 1

काठमाडौं, ११ कार्तिक । काठमाडौंको महाराजगञ्जबाट पौने तीन करोडसहित पक्राउ परेका २५ जना हाइप्रोफाइल (भीआइपी) जुवाडेलाई आज (सोमबार) सर्वोच्च अदालत जाने भएका छन् ।

सर्वोच्च अदालतमा आइतबार जुवाडेका तर्फबाट बन्दी प्रत्यक्षीकरण रिट निवेदन सर्वोच्च दर्ता गरिएको छ । हिरासत मुक्त हुनका लागि पक्राउ परेकाहरुबाट सर्वोच्चमा रिट दर्ता भएका कारण अब केहि समयपछि प्रहरीले उनीहरुलाई सर्वोच्चमा उपस्थित गराउने लैजाने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

हिन्दूहरुको दोस्रो ठूलो चाड तिहार चलिरहेको र भोलि (मंगलबार) भाइटीका रहेकाले पनि पक्राउ परेकाहरुलाई हिरासत मुक्त गराउन सर्वोच्च लग्न लागिएको स्रोतको भनाई छ ।

शनिबार पक्राउ परेका उनीहरुलाई सोमबार उपस्थित गराउन सर्वोच्चले आइतबार नै आदेश दिएको थियो । प्रहरीले महाराजगञ्जको साम्बाला होटेल पछाडि सञ्चालित जुवा अखडामा मध्यरातमा छापा हानी ‘क्यासिनो किङ’ भनेर चिनिएका बलराम सापकोटा ‘बले’ सहित २५ जना ‘भीआइपी’ जुवाडेलाई पक्राउ गरेको थियो ।

jagdamba.cement
rbbbb

उनीहरुको साथबाट दुई करोड ६७ लाख रुपैंयाँ बरामद भएका महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिएका छन् ।

पक्राउ परेका जुवाडेहरुमा बलराम सापकोटा ‘बले’, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, बलराम सापकोटा, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ, हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७