जीपबाट खसेर एक जनाको मृत्यु


११ कार्तिक २०७६, सोमबार
bus and car accident दुर्घटना 2

बैतडी, ११ कार्तिक । जीपबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका–७ किम्तोलीका १५ वर्षीय सुवास चन्द रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायब निरीक्षक वीरभद्र खडायतले जानकारी दिए ।

आइतबार किम्तोलीबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज १६८ नम्बरको जीपमा सवार चन्द खसेर घाइते भएका थिए । उनको आज मृत्यु भएको हो ।

जीपको पछाडि झुण्डिएर यात्रा गरिरहेका चन्द खसेर घाइते भएको खडायतले बताए । घटनाबारे जानकारी लिन इलाका प्रहरी कार्यालयको टोली घटनास्थलमा गएको प्रहरी निरीक्षक किसन चन्दले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७