दुई बर्षे सुजितलाई बचाउने घण्टौंको प्रयास असफल, सिङ्गो भारत दुःखी


१२ कार्तिक २०७६, मंगलवार
su 1

काठमाडौं, १२ कार्तिक । तमिलनाडुको त्रिची शहरको नाडुकापट्टी गाउँमा बोरवेलमा खसेका दुई वर्षीय सुजित विल्सनलाई बचाउने कोशिस विफल भएको छ । भारतीय सञ्चार माध्यामहरुले सरकारी अधिकारी जे राधाकृष्णनलाई उद्धृत गर्दै बच्चाको शव निकाल्न उद्धार टोली असफल भएको जनाएका छन् ।

सरकारी अधिकारी जे राधाकृष्णनका अनुसार बालकको शव बोरवोलभित्रै सडेको अवस्थामा रहेको छ । उनका अनुसार बच्चा खसेको बोरवेलमा अब गन्ध आउन थालेको छ । उनले भने, ‘यो धेरै दुर्भाग्यपूर्ण कुरा हो ।’

su 3

यद्यपि, बीबीसीका संवाददाता हरिहरनका अनुसार बच्चाको शव हटाइएको छ । शुक्रबार भएको यो घटनापछि बालकलाई बचाउन प्रहरी, आपतकालीन उद्धार कोषका उद्दारकर्मी, दमकल विभाग, स्थानीयलगायत खटेका थिए । तर उनीहरुको प्रयास असफल भएको छ । दुई वर्षी बालक सुजितको बोरवलभित्रै निधन भएको छ ।

घटना भए लगत्तै प्रहरी, दमकल विभाग र स्थानीयवासीहरुको सक्रियतामा बच्चालाई पाइपमार्फत अक्सिजन प्रदान गरिएको थियो । त्यसलगत्तै राष्ट्रिय विपत्ति विभागको फोर्सले बच्चाको अवस्था ट्रयाक गर्न बोरवेलमा सीसी क्यामेरा समेत जडान गरेका थिए ।

su

भारतका एनडीआरएफ र राज्य प्रकोप व्यवस्थापन बलका टोली पनि सुजिलाई बचाउन सक्रिय थिए । घण्टौसम्मको उनीहरुको प्रयास अन्ततः असफल भएको छ ।

घटना लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुजितलाई बचाउन कुनै कसर बाँकी नराख्न उद्दार टोलीलाई आग्रह गरेका थिए । प्रधानमन्त्री मोदीले बालकलाई जसरी पनि उद्धार गर्न मुख्यमन्त्री लगायतलाई समेत निर्देशन दिएका थिए । भारतका धेरै अधिकारीहरू, राजनीतिज्ञ, सेलेब्रेटी र सर्वसाधारणहरूले सुजितलाई बचाउनका लागि सोशल मिडियामा प्रार्थना गरिरहेका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७