कांग्रेस नेता गगन थापा अध्ययनका लागि सिङ्गापुर प्रस्थान


१३ कार्तिक २०७६, बुधबार
gagan thapa

काठमाडौं, १३ कार्तिक । नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापा अध्ययनका लागि सिङ्गापुर प्रस्थान गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले आफू शहरी क्षेत्रको यातायात, स्वास्थ्य र आवास क्षेत्रलाई कसरी दिगो र व्यवस्थित बनाउने भन्ने विषयमा अध्ययनका लागि सिङ्गापुर पुगेको जानकारी गराएका छन् ।

सिङ्गापुरको नानयाङ टेक्नोजोजिकल विश्वविद्यालयमा विद्यार्थीका रुपमा एक साता रहने र त्यहाँ रहँदा शहरको यातायात, स्वास्थ्य र आवास क्षेत्रलाई दीगो र व्यवस्थित बनाउन सूचना प्रविधिको उपयोगलगायतका विषयमा अध्ययन गर्ने थापाले जानकारी गराएका छन् ।

वर्ल्ड इकोनोमिक फोरमको छात्रवृत्तिमा अध्ययनका लागि उनी त्यहाँ पुगेका हुन् । केही महिना पहिले थापाले अमेरिकाको हावर्ड विश्वविद्यालयस्थित हार्वर्ड केनेडी स्कुलमा छोटो अवधिको ‘एक्काइसौं शताब्दीको लागि विश्वव्यापी नेतृत्व र सार्वजनिक प्रशासन’ शीषकको कोर्स गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७