पटका पड्काउँदा आगलागी, एक घर खरानी

सप्तरी, १३ कार्तिक । सप्तरीको राजविराजमा पटका पड्काउने क्रममा मंगलबार राति आगलागी हुँदा एक घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।
साँझ ७ बजेतिर अचानक आगलागी हुँदा रु तीन लाखको क्षति भएको छ । राजविराज नगरपालिका–८ स्थित हिमालय टोलमा स्थानीयवासी शिवेश सिंहको घरमा पटका पड्काउने क्रममा आगलागी भएको स्थानीयवासी शोरभ यादवले जानकारी दिएका छन् ।
सो आगलागीबाट नगद, जिन्सी, भाँडाकुँडा र सरसमान जलेर नष्ट हुँदा करिब रु तीन लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगोलाई स्थानीयवासी र प्रहरीको सहयोगमा निभाइएको छ । समयमा बारुण यन्त्र नपुग्दा आगोबाट बढी क्षति भएको स्थानीयवासी यादवको भनाइ छ ।