‘मेस्सीले हरेक दिन आश्चर्यचकित बनाउँछन्’


१३ कार्तिक २०७६, बुधबार
messi

काठमाडौं, १३ कार्तिक । रियल भालाडोलिडबिरुद्ध उत्कृष्ट प्रदर्शन गरेका कप्तान लियोनेल मेस्सी ‘अर्कै ग्रहबाट आएको’ उनका समकक्षी अर्टुरो भिडालले टिप्पणी गरेका छन् ।

मेस्सीले दुई गोल गर्नुका साथै दुईटा गोलको अवसर सिर्जना गर्दा बार्साले भालाडोलिडमाथि क्याम्प नाउमा ५–१ को फराकिलो जीत हासिल गर्‍यो । मेस्सीले भिडालका लागि गोलको अवसर सिर्जना गरेपछि हाफ टाइम अघि फ्रिकिकबाट उत्कृष्ट गोल गरे ।

उनको क्लब र देशका लागि फ्रिकिकबाट ५० औँ गोल थियो । मेस्सीले दोस्रो हाफमा अर्को गोल थपे भने त्यसपछि लुइस सुवारेजका लागि गोलको अवसर बनाई दिए ।

‘मेस्सीले जहिले पनि आफ्नो उत्कृष्ट प्रदर्शनले खेलमा फरक पार्छन्,’ भिडालले खेलपछि भने, ‘हामी उनलाई हरेक दिन हेर्छौं तर हरेक दिन हामीलाई आश्चर्यचकित बनाइरहेका हुन्छन् । उनी अर्कै ग्रहबाट आएका हुन् ।’

खेलमा बार्सिलोनाले क्लेमेन्ट लेनग्लेटको गोलको मद्दतले दोस्रो मिनेटमा नै अग्रता लिएको थियो । तर, लगत्तै किकाले भालाडोलिडलाई खेलमा फर्काएका थिए । त्यसपछि भने मेस्सीले उत्कृष्ट प्रदर्शन गर्दा बार्सिलोनाले गोलको वर्षा गर्‍यो । जीतसँगै बार्सिलोना १० खेलबाट २२ अंकसहित लिगको शीर्ष स्थानमा उक्लिएको छ । अर्को खेलमा एथ्लेटिको म्याड्रिड भने आलाभेससँग १–१ को बराबरीमा रोकिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७