सिटामोल अब सरकार आफैले उत्पादन गर्ने


प्रकाशित मिति : December 26, 2017

काठमाडौं: सरकारले आगामी माघ दोस्रो साताबाट सिटामेला उत्पादन गरी बजारमा लैजाने तयारी गरेको छ । नेपाल औषधि लिमिटेडले मंगलबार पत्रकार सम्मेलन गरी आगामी माघ दोस्रो साताबाट सिटोमोल उत्पादन गरी बजारमा लैजाने तयारी भईरहेको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै कम्पनीका महाप्रबन्धक डा. रोभस कुसम सुवेदीले आगामी माघ दोस्रो साताबाट सिटोमोल उत्पादन गरी बजारमा लैजान तयारी भईरहेको जानकारी दिए । उद्योग मन्त्रालयले सिटोमोल उत्पादनको काम एक वर्ष अघि नै सुरु गर्न कम्पनीलाई निर्देशन दिएको थियो । तर बजेट अभावका कारण एक वर्ष अघि सिटोमोल उत्पादनको काम अघि बढाउन नसकिएको पनि कम्पनीका महाप्रवन्धक सुवेदीले स्पष्ट पारे ।

कम्पनीले जीवन जल उत्पादन गर्दै आएको छ । महाप्रबन्धक सुवेदीले विनियोजित बजेट अनुसार नयाँ नयाँ औषधि उत्पादनको काममा तीव्रता दिने योजना पनि सारे ।

प्रतिक्रिया दिनुहोस्