लिभरपुल र म्यानचेस्टर युनाइटेड क्वार्टर फाइनलमा


१४ कार्तिक २०७६, बिहीबार
carabao ZQvgpc1BRn

काठमाडौं, १४ कार्तिक । आर्सनललाई पेनाल्टी सुट आउटमा हराउँदै लिभरपुल काराबाओ कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयमा १० गोल भएको खेलमा पटक पटक लिएको अग्रता जोगाउन नसक्दा आर्सनल पराजित हुनुप¥यो । मुस्ताफीको आत्मघाती गोलबाट छैठौं मिनेटमै लिभरपुलले अग्रता लिएको खेलको १९ औंँ मिनेटमा लुकास टोरेराले गोल गर्दै खेल बराबरीमा पुर्‍याएका थिए ।

त्यसपछि मार्टिनेलीले २ गोल गरेपछि आर्सनलले ३–१ को अग्रता बनायो । लिभरपुलका जेम्स मिल्नरले एक गोल फर्काएपनि एश्ले नाइल्सले गोल गर्दै आर्सनललाई फेरि दुई गोलको अग्रता दिलाए ।

सपछि एलेक्स च्याम्बरलिन र डिभोक ओरिगीले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । ७० औंं मिनेटमा विल्लकले गोल गर्दै फेरि आर्सनललाई अग्रता दिलाए पनि इन्ज्युरी समयको चौथो मिनेटमा ओरिगीले दोस्रो गोल गर्दा खेल पेनाल्टीमा पुगेको थियो ।

यस्तै अर्को खेलमा चेल्सीलाई २–१ ले हराउँदै म्यानचेष्टर युनाइटेड पनि काराबाओ कपको क्वार्टर फाइनलमा पुगेको छ । म्यानचेष्टर युनाइटेडलाई जिताउन दुवै गोल रासफोर्डले गरे ।

स्पेनिस ला लिगामा रियल मड्रिडले शीर्षस्थानको बार्सिलोनासँगको अंक दूरी १ मा झारेको छ । बुधबार रातिको खेलमा लेगानेसलाई ५–० ले हराउँदै रियलले अंक दूरी छोट्याएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७