नेकपा नेताहरुले नै भेट्न पाएनन् प्रधानमन्त्रीलाई


१४ कार्तिक २०७६, बिहीबार
Grande International Hospital

काठमाडौं, १४ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटकको डायलासिस हुने दिन आज (बिहीबार) बेला ग्रान्डी अस्पताल पुगेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले ओलीसँग भेट्न पाएनन् ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको डाक्टरहरुबाट जानकारी लिएको बताएका छन् ।

मिर्गौलाको डायलाइसिस गराइरहेका प्रधानमन्त्री ओलीलाई भेटन बिहीबार दिउँसो ग्रान्डी अस्पताल पुगेका उनले सञ्चारकर्मीलाई चिकित्सकहरुलाई उल्लेख गर्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्था एकदमै ठिक रहेको प्रतिक्रिया दिएका छन् ।

‘चिकित्सकहरुले भनेअनुसार उहाँको स्वास्थ्यस्थिति एकदमै ठिक छ’, प्रवक्ता श्रेष्ठले भने, ‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे मलाई चिकित्सकहरुले नै जानकारी दिने हो, त्यस्तो कुनै समस्या देखा परेको छैन ।’ प्रधानमन्त्रीको दोस्रो पटक आज पनि मिर्गौलाको डायलायइसिस भइरहेकाले प्रवक्ता श्रेष्ठले पनि भेट गर्ने अवस्था रहेन ।

त्यसैगरी प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका नेकपाका नेता भीम रावलले मिर्गौलाको डायलायइसिस भइरहेकाले प्रधानमन्त्रीसँग भेट गर्ने अवस्था नरहेको बताएका छन् । उनले चिकित्सकको सल्लाहअनुसार प्रधानमन्त्री ओली छिट्टै अस्पतालबाट डिस्चार्ज हुने बुझिएको बताएका छन् ।

यसअघि उपप्रधानमन्त्री इश्वर पोखरेलले प्रधानमन्त्री ओलीसँग छोटो भेट गरेका छन् । उनले पनि प्रधानमन्त्रीको स्वास्थ्य ठिक रहेको बताएका छन् ।

अहिले प्रधानमन्त्रीको दोस्रो डाइलासिस जारी छ । प्रधानमन्त्रीको उपचारका विषयमा आधिकारिक रुपमा अस्पतालले कुनै कुरा बाहिर ल्याएको छ । अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य सामान्य रहेको मात्र बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७