१४ वर्षपछि बजाजको चेतक स्कुटर बजारमा आउँदै


१४ कार्तिक २०७६, बिहीबार
1572508253chetak

काठमाडौं, कात्तिक १४ । १४ वर्षसम्म उत्पादन नभएको बजाजको चेतक स्कुटर फेरी बजारमा आउने भएको छ।

उत्पादन बन्द भएको १४ वर्षपछि विद्युतिय स्कुटरको रुपमा चेतकलाई रिलन्च गर्न लागिएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।

यो स्कुटर २ ओटा भेरियन्टमा उपलब्ध हुनेछ। इको भेरियन्टको स्कुटरले ९५ किलोमिटर र स्र्पोट भेरियन्टले ८५ किलोमिटर माइलेज प्रदान गर्ने एजेन्सीले जनाएको छ। चेतक स्कुटर ६ ओटा रङ्गमा उपलब्ध हुनेछ।

बजाज चेतक इलेक्ट्रीक स्कुटर २०२० को जनावरीमा सार्वजनिक हुने बताइएको छ। यसका फिचर्स र मूल्य हालसम्म सार्वजनिक भईसकेको छैन।बजाज अटोले १९७२मा पहिलो पटक सार्वजनिक गरेको चेतकको २००६मा उत्पादन बन्द गरेको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७