सन्दीप विश्वकै धेरै देशमा लिग क्रिकेट खेल्ने खेलाडी


१४ कार्तिक २०७६, बिहीबार
Toronto Sandeep Lamichhane

काठमाडौं, कात्तिक १४ (एजेन्सी) । नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई अन्तर्राष्ट्रिय टि ट्वान्टी फे्रन्चाइज लिग क्रिकेटमा विश्वको सर्वाधिक खेल्न खेलाडीमा परेको छ।

सन्दीपले इंग्ल्यान्डको टि-ट्वान्टी ब्लाष्ट बाहेक विश्वका सबै चर्चिच फ्रेन्चाइज लिगको अनुभव बटुली सकेका छन् । त्यस्तै टी ट्वान्टी क्रिकेट खेल्न विश्वका बढि देशमा पुग्ने खेलाडीमा शीर्ष स्थानमा सन्दीप परेका छन् ।

विश्व चर्चित म्यागजिन ‘द क्रिकेट मन्थ्ली’को नयाँ तथ्याङ अनुसार सन्दीप र अफगानिस्तानका नजिबउल्लाह जद्रानले टी ट्वान्टी क्रिकेट खेल्न धेरै देशमा पुग्ने खेलाडीमा शीर्ष स्थानमा रहेका छन् । यी दुबै खेलाडीले ८ देशमा क्रिकेट खेलेका छन् । त्यस्तै श्रीलंकाका उसुरु उडना,अफगानिस्तान राशिद खान,न्युजिल्यान्डका कोलिन मुनरो,थिसेरा परेरा र रहमात शाहले ७ देशमा गएर क्रिकेट खेलेका छन् ।

सन्दीपले टी ट्वान्टीका रुपमा हङकङ,भारत,बंगलादेश,अफगानिस्तान,पाकिस्तान,वेष्ट इन्डिज र क्यानडा र अष्ट्रेलियाका फ्रेन्चाइज लिग खेलका छन् । त्यस्तै टि ट्वान्टीमा सर्वाधिक बलिङ गर्ने खेलाडीको सुचिमा सन्दीप दोस्रो स्थानमा छन् । सन्दीपले ९ सय ८५ बल बलिङ गरेका छन् ।

सर्वाधिक बल बलिङ गर्ने बलरमा अफगानिस्तानका कप्तान राशिद खान रहेका छन् । राशिदले १३ सय ५५ बल गर्दा तेस्रो स्थानमा रहेका मुजिव उर रहमानले ९ सय ६३ र चौथो स्थानमा रहेका इमरान ताहिरले ९ सय ५० बल गरेका छन् । त्यस्तै सर्वाधिक टिमबाट खेल्नेमा सन्दीप, क्रिस गेल र कोलिन इनग्राम दोस्रो स्थानमा रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७