प्रधानमन्त्री भोलि फेरी डायलासिस गर्न ग्रान्डी जाने


१५ कार्तिक २०७६, शुक्रबार
kp oli 3iozRYyhuH

काठमाडौँ, १५ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली डायलासिस गर्न भोलि धापासीस्थित ग्रान्डी इन्टरनेशनल अस्पताल जाँदै छन् ।

बिहीबार मात्रै ग्रान्डीबाट उपचार गराएर फर्किएका ओली आफ्नो तेस्रो पटकको डायलासिसको लागि शनिवार जान लागेका हुन् । प्रधानमन्त्री ओलीको यो अघि नै २ पटक डायलासिस गरिसकिएको छ । चिकित्सकहरूले प्रधानमन्त्री ओलीलाई सातामा ३ पटक डायलासिस गर्नु पर्ने बताएको छ । डायलासिस नगर्ने भए फेरी मिर्गौला प्रत्यारोपण गर्नु सकिने चिकित्सकहरूले बताएका छन् ।

प्रधानमन्त्री ओली बुधवार स्वास्थ्यमा समस्या आएपछि ग्रान्डि हस्पिटलमा भर्ना भएको थिए । डायलासिस गरेर बिहीबार बेलुका प्रधानमन्त्री सरकारी निवास बालुवाटार फर्किएका थिए । नेकपाको अध्यक्ष समेत रहेका अ‍ेलीले १२ वर्ष अघि भारतको नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गरेका थिए । मिर्गौला प्रत्यारोपण गरेपछि सन्तुलनमा राख्न औषधी सेवन गरिरहुन पर्ने हुन्छ ।

गत साउनमा पहिलेदेखि सेवन गर्दै आएको औषधी परिवर्तन गरिएको थियो । नियमित फलोअपमा बैंकक जाने गरेका ओली साउनमा भने सिंगापुर सिंगापुर गाएका थिए । सिंगापुरमा परिवर्तन गरिएको औषधिले असर गरेपछि फेरी भदौमा फेरि सिंगापुर गएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७