सनराइज बैंकले १५.८ प्रतिशत लाभांश दिने


१५ कार्तिक २०७६, शुक्रबार
Sunrise logo

काठमाडौं, १५ कार्तिक । सनराइज बैंकले १५.८ प्रतिशत लाभांश दिने भएको छ। बैंकको शुक्रबार बसेको १२ औं वार्षिक साधारणसभाले उक्त निर्णय पारित गरेको हो।

बैंकले चुक्ता पूँजीको ५.८ प्रतिशत बराबर हुन आउने ४७ करोड २८ लाख ४८ हजार २ सय ३९ रुपैयाँ नगद लाभांश दिने घोषणा गरेको छ।

यस्तै, चुक्ता पूँजीको १० प्रतिशतका दरले ८१ करोड ५२ लाख ५५ हजार ५ सय ८५ रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्न प्रस्ताव पारित भएको हो। अहिले बैंकको चुक्ता पूँजी ८ अर्ब भन्दा बढी पुगिसकेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७