रानीपोखरीमा उपमेयरको किचलो


१२ पुष २०७४, बुधबार
hari prabha khadki and bidhya sundar shakya

काठमाडाैं : रानीपोखरीको पुनर्निर्माणका विषयमा काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरबीचको मतभेद सतहमै देखिएको छ । यो विवादमा मेयर र उपमेयरसँगै सम्पदा जोगाउनुपर्छ भन्ने तथा व्यापारिक प्रयोजना उपयोग गर्नुपर्ने आवाज उठाउने पनि कम छैनन् ।  गोपीकृष्ण ढुंगानाले आजको अन्नपूर्ण पोस्टमा लेखेका छन् ।hari prabha khadki and bidhya sundar shakya

मेयर विद्यासुन्दर शाक्यले सम्पदा नमासिने गरी काम भइरहेको दाबी गरिरहेका बेला उपमेयर हरिप्रभा खड्गी पुनर्निर्माण कार्य रोक्न लागिपरेकी छन् । महानगरपालिकाले पुनर्निर्माण गर्ने क्रममा हाल रानीपोखरीको दक्षिणतर्फ पूरै, पूर्वतर्फ करिब ८० प्रतिशत र पश्चिमतर्फ जमलदेखि बालगोपाल मन्दिरसम्मको भागमा पर्खालसहित ढलान गरिएको छ । पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण भने पुरातत्व विभागले गरिरहेको छ।

उपमेयर खड्गी रानीपोखरी पुग्दा भेला भएका स्थानीयले आधुनिक निर्माण सामग्रीको प्रयोगले सम्पदाको अस्तित्व संकटमा परेको गुनासो गरेका थिए । रानीपोखरी संरक्षण अभियन्ताले खड्गीको अनुगमनलगत्तै पोखरी प्रवेशमा तालाबन्दी गरेका थिए । तालाबन्दीका कारण मंगलबारदेखि निर्माण कार्य रोकिएको छ ।

उपमेयर फर्किएको केही समयपछि मेयर विद्यासुन्दर शाक्य रानीपोखरी पुगे । शाक्य पुग्दा प्रवेशद्वारमा ताला लागेको थियो । त्यहाँ लेखिएको थियो, ‘सम्पदामाथि भएको अतिक्रमणको विरोधमा तालाबन्दी ।’

उनले ताला खुलाउन रानीपोखरी रहेको वडा नम्बर २८ का वडाध्यक्ष भाइराम खड्गीलाई फोन गरे । वडाध्यक्षले ताला खोल्न नसक्ने बताएपछि शाक्यले प्रहरी बोलाएर ताला फोड्न लगाए । मेयर शाक्यले पोखरीको किनारा, चलिरहेको निर्माण कार्य, पोखरीको बीचमा रहेको बाल गोपालेश्वर मन्दिरलगायत संरचना अवलोकनमा करिब २ घन्टा बिताएका थिए ।

अवलोकनपछि आफूले पुरातत्व विभागकै स्वीकृतिमा डिजाइन गरिएअनुसार काम गरिरहेको दाबी मेयर शाक्यले गरे । उनले भने, ‘सम्पदा संरक्षण मेरो प्राथमिकताको विषय भएकाले ऐतिहासिक रानीपोखरीको मौलिकताविपरीत जान सक्दिनँ । यो योजना कार्यान्वयन म आउनुअघि महानगरपालिका, पुनर्निर्माण प्राधिकरण र पुरातत्व विभागले निर्णय गरी काम थालिएकाले विस्तृत अध्ययनपछि मात्र म ठोस निर्णयमा पुग्नेछु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७