भारतीय दूतावास पुगे प्रमुख दलका १५ भन्दा बढी नेता 


१२ पुष २०७४, बुधबार
indian embassy

काठमाडाैं : राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक टुंगो नलागेर सरकार निर्माणमा ढिलाइ भइरहँदा प्रमुख दलका दोस्रो तहका नेताहरु भारतीय दूतावास पुगेका छन् । आजको कान्तिपुरमा खबर छ ।indian embassy

उनीहरु दूतावासका राजनीतिक मामिला विङ्स प्रमुख एस गोपालकृष्णनको बिदाइ पार्टीका सहभागी भएका हुन् ।

पार्टीमा एमाले, कांग्रेस, माओवादी केन्द्र तथा मधेसकेन्द्रित दलका नेता सहभागी थिए । बिदाइ पाटी भनिए पनि त्यहाँ राजनीतिक अवस्थाबारे अनौपचारिक छलफल समेत भएको स्रोतले जनाएको छ ।

पूर्व परराष्ट्रमन्त्रीसमेत रेहका कांग्रेस नेता प्रकाशशरण महतले दूतावासका राजनीतिक मामिला प्रमुखको बिदाइ कार्यक्रमको निमन्त्रणा आएकाले सहभागी भएको बताए । उनले १५ भन्दा बढी नेता सहभागी भएको जानकारी दिए ।

पार्टीमा एमाले नेता राजेन्द्र पाण्डे, कांग्रेस नेता अमरेशकुमार सिंह, माओवादी नेता प्रभु साहसमेत उपस्थित थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७