राष्ट्रिय टिमकी महिला फुटबलरको छुरा हानी हत्या


१६ कार्तिक २०७६, शनिबार
W clarke zRlitwasPZ

जमैकन, १६ कार्तिक । जमैकन राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी तारानिया क्लार्कको छुरा हानी हत्या गरिएको छ ।

२० वर्षीया मिडफिल्डर क्लार्कलाई शुक्रबार राजधानी किङ्सटनमा मोवाइल फोनको विषयमा झगडा हुँदा छुरा हानिएको हो ।

उनलाई तत्काल अस्पताल लगिएपनि बचाउन नसकिएको बीबीसीले जनाएको छ । क्लार्कमाथि छुरा प्रहार गर्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

क्लार्क जमैकाकी राम्रो खेलाडी हुन् । गत सेप्टेम्बरमा राष्ट्रिय टोलीमा डेब्यु गरेकी क्लार्कले ओलम्पिक छनोट खेलमा सनसनी मच्चाएकी थिइन् ।

उनकै उत्कृष्ट प्रदर्शनमा जमैकाले क्युवालाई १२–१ गोलले हराएको थियो । घरेलु महिला लिगमा भने क्लार्क वाटरहाउस एफसीबाट खेल्दै आएकी थिइन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७