एक वर्षको बजेट चार महिनामै सकियो, कुन मन्त्रीले कति खर्च गरे? (सुचिसहित)


१२ पुष २०७४, बुधबार
money

काठमाडाैं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रीहरूको जिल्ला अनुगमन भ्रमणका लागि छुट्याएको बजेट पहिलो चौमासिकमै सकिएको जनाएको छ । एक वर्षका लागि अनुगमन भ्रमण शीर्षकमा छुट्याएको बजेट चार महिनामै सकिएपछि अर्थ मन्त्रालयसँग थप एक करोड २० लाख रुपैयाँ माग गरेको छ ।  आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।money

चालू आर्थिक वर्षका लागि सरकारले अनुगमन तथा मूल्यांकन खर्च शीर्षकमा एक करोड ३० लाख रुपैयाँ छुट्याएको थियो । त्यसमध्ये एक करोड २९ लाख ३२ हजार रुपैयाँ खर्च भइसकेको छ । २९ लाख बराबरको बिल स्वीकृत भइसकेको र बजेट अभावमा भुक्तानी नभएको मन्त्रिपरिषदको कार्यालयको भनाइ छ । यस्तै, करिब पाँच लाख बराबरको बिल स्वीकृत हुने प्रक्रियामा रहेको छ । मन्त्रिपरिषद्को कार्यालयसँग अब अनुगमन भ्रमण शीर्षकमा ६७ हजार तीन सय रुपैयाँ मात्र बजेट बाँकी रहेको जनाएको छ ।

कुन मन्त्रीले कति खर्च गरे ?
प्रधानमन्त्री, उनका सुरक्षाकर्मी र सचिवालयसहित जम्मा : ६२ लाख ३९ हजार ८६४ रुपैयाँ

विजयकुमार गच्छदार (स्थानीय विकास) : ४,८९,०३०

गोपालमान श्रेष्ठ (शिक्षा) : ६१,८५०

गिरिराजमणि पोखरेल (स्वास्थ्य–विनाविभागीय) : ३,५०,४३०

ज्ञानेन्द्रबहादुर कार्की (अर्थ) – २,४७,७००

फरमुल्लाह मन्सुर (श्रम) – १,५५,५३८

प्रभु शाह (सहरी विकास– विनाविभागीय) : ८७,८२०

सुनीलबहादुर थापा (उद्योग) : २,१४,५००

दिलनाथ गिरी (सहरी विकास) : २,४४,५७५

जितेन्द्र देव (पर्यटन तथा नागरिक उड्डयन) : ३,६३,१००

गोपाल दहित (भूमिसुधार तथा व्यवस्था) : ३,२१,५७०

मोहनबहादुर बस्नेत (सञ्चार) : १३०५५०

रामकृष्ण यादव (कृषि विकास) : १०६२००

महेन्द्र यादव (खानेपानी तथा सरसफाइ) : ६१४०००

अम्बिका बस्नेत (सहकारी तथा गरिवी निवारण) : १०२५०

वीरबहादुर बलायर (भौतिक पूर्वाधार तथा यातायात) : १७४३५०

मीनबहादुर विश्वकर्मा (वाणिज्य) : १८४४००

यज्ञबहादुर थापा (कानुन) : १०२४००

भीमसेनदास प्रधान (रक्षा) : ९२५०

सञ्जयकुमार गौतम (सिँचाइ) – २४३०५०

राजेन्द्रकुमार केसी (युवा तथा खेलकुद) : १६३२५०

टेकबहादुर बस्नेत (सामान्य प्रशासन – विनाविभागिय ) – १५०७५०

शिवकुमार मण्डल (आपूर्ति–विनाविभागीय) : २८४६००

महेन्द्रबहादुर शाही (ऊर्जा–विनाविभागीय) : ९००००

आशा कोइराला (महिला बालबालिका तथा समाजकल्याण– विनाविभागीय) : १५७९००

सन्तकुमार थारु (पशुपंक्षी– विनाविभागीय) : ३४८०००

मिथिला चौधरी (जनसंख्या तथा वातावरण) : २०४७६०

जयन्त चन्द (आपूर्ति) – २२४९५०

राज्यमन्त्रीहरू 
कुन्ती शाही ः सहरी विकास ः २१८५५०

मोहम्मद जाकिर हुसैन (महिला बालबालिका–विनाविभागीय) ः २७५६५०

रामसिंह यादव (स्वास्थ्य–विनाविभागीय) ः २४३००

श्यामकुमार श्रेष्ठ (गृह–विनाविभागीय) ः १५८४५०

शम्भुलाल श्रेष्ठ (पशुपंक्षी) ः ६५७००

कर्णबहादुर विक (आपूर्ति–विनाविभागीय) ः ५३८५५०

छमबहादुर गुरुङ (सहरी विकास–विनाविभागीय) ः१०३६५०

गोमा कुँवर (पशुपंक्षी–विनाविभागीय) ः ३१७०००

ओङ्दी शेर्पा (सामान्य प्रशासन–विनाविभागीय) ः ७४१००

सीता गुरुङ (भौतिक पूर्वाधार तथा यातायात) ः १८८४५०

सरिता प्रसाई (कृषि विकास) ः १२६१००

शेषनाथ अधिकारी (शिक्षा) ः ५७०००

नरबहादुर चन्द (वाणिज्य) ः ३०३८५०

अब्दुल रज्जक गद्दी (खानेपानी तथा सरसफाइ) ः १६९३००

तप्तबहादुर विष्ट (सञ्चार) ः २७२८५०

कमलादेवी शर्मा (वन तथा भूसंरक्षण) ः १२४१८०

मरसिंह पुन (सिंचाइ) ः ५३७१५०

दिलमान पाख्रिन (कानुन) ः ७२१७५

उदयशमशेर राणा (अर्थ) ः २४०५०

डिल्लीबहादुर चौधरी (श्रम तथा रोजगार) ः १४९५००

चम्पादेवी खड्का ( सहकारी तथा गरिवी निवारण) ः १५०८५०

जनकराज चौधरी (स्थानीय विकास) ः ११४४००

सुमित्रा थारु (पर्यटन तथा नागरिक उड्डयन) ः २५९३००

यशोदाकुमारी लामा (भूमिसुधार तथा व्यवस्था) ः ७८९५०

रेशमबहादुर लामा (उद्योग) ः १२९६७०

कान्ता भटराई (महिला बालबालिका तथा समाजकल्याण) ः १५२४००

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७