एआइजी चन्द र एसएसपी धानुककाे द्धन्द्धले उपत्यकाको सुरक्षामा समस्या


१२ पुष २०७४, बुधबार
jaya bahadur chand and rabindra singh danuk

काठमाडौं : महानगरीय प्रहरी आयुक्त र महानगरीय प्रंहरी परिसरका प्रमुखबीच समन्वय नहुँदा काठमाडौं उपत्यकामा चोरी र अपराधका घटना दिनप्रतिदिन बढ्दै गइरहेको छ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको लामो समयसम्म पनि परिसरले हत्यारा पत्ता लगाउन सकेको छैन । उनको हत्याको आरोपमा नाटकीय रूपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले मुख्य योजनाकार समिरमान बस्नेतलाई पक्राउ गरेको थियो ।

jaya bahadur chand and rabindra singh danuk

महानगरीय प्रहरी आयुक्त एआइजी जयबहादुर चन्द र काठमाडौं परिसरका प्रमुख एसएसपी रविन्द्रसिंह धानुकबीच समन्वय अभावकै कारण गौचन हत्याका योजनाकारहरु पक्राउ पर्न नसकेको प्रहरी स्रोत बताउँछ । महानगरीय प्रहरी आयुक्त कार्यालय मातहत काठमाडौँ उपत्यकामा तीन वटा महानगरीय प्रहरी परिसर, एक अपराध अनुसन्धान महाशाखा र १८ वटा महानगरीय प्रहरी बृत्त र ५१ प्रभागका प्रहरी शान्तिसुरक्षा र अपराध अनुसन्धानमा तैनाथ छन् ।

महानगरीय आयुक्त चन्द र परिसरका प्रमुख धानुकबीच समन्वय नहुँदा बृत्त र प्रभागका प्रहरी इन्चार्जहरु पनि अन्योलमा पर्दै आएका छन् । मेट्रो वानको किलो वान (धानुक) र इण्डिया वान (अपराध अनुसन्धान महाशाखाका प्रमुख दिवेशकुमार लोहनी) सँगको सम्बन्ध तिक्ततापूर्ण रहेको उपत्यकाकै एक वृत्तका प्रमुख बताउँछन् । मेट्रो वान र किलो वानको तिक्तताका कारण आफूहरुलाई पनि काम गर्न गाह्रो भएको उनले गुनासो गरे । उनी भन्छन्, ‘यी दुईबीच एक जना सरुवा भइदिए काम गर्न सहज हुने थियो ।’

महानगरीय आयुक्त चन्दलाई उनी निकटका प्रहरी अधिकारीहरूले परिसरका एसएसपी धानुकले प्रहरी निरीक्षक एक प्रहरी निरिक्षकको नेतृत्वमा घुमुवा टोली परिचालन गरी आर्थिक संकलन गरेको कुरा लगाउने गरेका छन् । महानगरीय आयुक्त चन्दले आयुक्त कार्यालयका एसपी ओम रानालाई सिभिल टोलीमा खटाएर घुस असुली गरेको आरोप छ । परिसरका एसएसपी धानुकले प्रहरीको बदनाम गराएको कुरा एआइजी चन्दले निकटस्थहरुसँग भन्ने गरेका छन् भने एआइजीका घुुमुवाहरुले गर्दा असहज भएको धानुकले भन्ने गर्दछन् । आइजीपी हुन आरजु राणालाई लगानी गरेको रकम उठाउनका लागि निकै पापड पेलेर महानगरीय प्रहरी आयुक्त कार्यालयमा सरुवा भएका चन्द मातहतका परिसर र अपराध महाशाखामा आफ्ना चाहना विपरीतका अधिकृतहरु सरुवा भएका कारण सोचेअनुसार उठाउन सफल हुन सकेका छैनन् ।

प्रहरी स्रोत भन्छ, ‘एसपी ओम राना र प्रहरी नायब निरीक्षक (सई) डम्बर श्रेष्ठलाई जुवादेखि सुनतस्करीहरुको संंजालमा परिचालन गरेर असुली गर्दै आएका छन् । ८८ किलो सुनतस्करीमा रानाको टोलीले सेटिङ गर्न खोज्दा अपराध महाशाखाले बरामद गरेपछि हिस्स परेको थियो ।’

एसएसपी धानुकले महाराजगञ्ज बृत्तका प्रमुख डीएसपी योगेन्द्रसिंह खड्का र बालाजु बृत्तका विश्वराजसिंह खड्कालाई मात्र आफ्नो मनको कुरा भन्ने गरेका छन् । परिसरका प्रवक्ता एसपी रामदत्त जोशी पनि धानुकका सारथी हुन् । उनकै सिफारिसमा धानुकले परिसरमा असुलीका लागि घुमुवा टोली बनाएका हुन् । एआइजी चन्द र एसएसपी धानुक दुवै सुदूरपश्चिमका हुन् । तर चन्द काँग्रेसनिकट हुन् भने धानुक माओवादी निकट भएकै कारण एसएसपी बढुवा हुन सफल भए । कुनै बेला रुकुमको डीएसपी हुँदा जनार्दन शर्मालाई गुण लगाएबापत उनी गृहमन्त्री हुँदा एकसे एक व्यावसायिक र स्वच्छ एसएसपी हुँदाहुँदै धानुकलाई काठमाडौैं परिसरमा सरुवा गरेका थिए ।

धानुक काभ्रेको डीएसपी हुँदा अन्चल प्रहरी कार्यालय बागमती (हाल संघीय इकाई प्रहरी कार्याल) को जग्गा खरिदमा करोडौं रुपैयाँ अनियमितता गरेका अधिकारी हुन् । त्यो जग्गा खरिदका मुख्य दोषी धानुकलाई अख्तियारले जोगाएर सोझा एसएसपी प्रेम चन्दलाई मात्र भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७