अफ्रिकालाई तेस्रो पटक रग्बी विश्वकपको उपाधि


१७ कार्तिक २०७६, आईतवार
ragwi

काठमाडौं, १७ कार्तिक । दक्षिण अफ्रिकाले तेस्रो पटक रग्बी विश्वकपको उपाधि जितेको छ ।
जापानको योकोहामा शहरमा गएराती भएको फाइनल खेलमा इङल्याण्डमाथि ३२–१२ को फराकिलो जित निकाल्दै दक्षिण अफ्रिकाले रग्बी विश्वकपको नवौं संस्करणको उपाधि उचालेको हो ।

मध्यान्तरसम्म १२–६ को अग्रता लिएको दक्षिण अफ्रिकाले मध्यान्तरपछिको खेलमा २०–६ को अग्रता बनाउँदै खेल ३२–१२ ले आफ्नो पक्षमा पारेको हो । दक्षिण अफ्रिकाको जितमा ‘फ्लाइ–हाफ’ हान्द्रे पोलार्डको २२ अंक महत्वपूर्ण रहयो ।

दक्षिण अफ्रिकाले यसअघि सन् १९९५ र २००७ मा रग्बी विश्वकप जितेको थियो । दक्षिण अफ्रिका जस्तै न्युजिल्याण्डले पनि तीन पटक रग्बी विश्वकपको उपाधि जितेको छ । यसैगरी अष्ट्रेलियाले दुई पटक तथा इङल्याण्डले एक पटक यो उपाधि उचालेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७