विश्वकप छनोटको उपाधि नेदरल्याण्ड्सले जित्यो


१७ कार्तिक २०७६, आईतवार
nedar

काठमाडौं, १७ कार्तिक । आईसीसी टी–२० विश्वकप छनोट प्रतियोगिताको उपाधि नेदरल्याण्ड्सले जितेको छ ।

शनिबार राति यूएईमा सम्पन्न फाइनलमा पपुवा न्युगिनीलाई ७ विकेटले हराउँदै नेदरल्याण्ड्सले विश्वकप छनोटको उपाधि जितेको हो । १२९ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९ ओभरको समाप्तिमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

नेदरल्याण्ड्सको जितमा वेन कुपरले ४१, रियान टेन डोस्याटले अविजित ३४ र कोलिन एकरम्यानले नटआउट २९ रन बनाउन सफल भए ।

यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२८ रन बनाएको थियो । उसका लागि लिगा सिकाले ३९ र सिसी बाउले २९ रन बनाएका थिए । त्यस्तै, तेस्रो स्थानको लागि भएको खेलमा आयरल्याण्डले नामिवियालाई २७ रनले पराजित गरेको छ ।

सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप क्रिकेटमा यो छनोटबाट नेदरल्याण्ड्स, पपुवा न्युगिनी, आयरल्याण्ड, स्कटल्याण्ड र ओमान प्रवेश गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७