युवा संघको ७७ जिल्लाकै एकीकरण टुङ्गियो, कसको भागमा कति जिल्ला ? (सूचीसहित)


१७ कार्तिक २०७६, आईतवार
youwa

काठमाडौं, १७ कार्तिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध राष्ट्रिय युवा संघ नेपालको ७७ वटै जिल्लाको एकीकरण टुङ्गिएको छ । युवा संघ कार्यालयमा शनिबार बसेको बैठकले ७७ जिल्ला वटै जिल्ला कमिटीको नेतृत्व टुङ्गो लगाएको हो ।

७७ जिल्ला कमिटीमध्ये तत्कालीन एमाले निकट युवा संघले ४२ जिल्ला अध्यक्ष पाउने भएको छ । त्यस्तै, साविक योङ कम्युनिष्ट लिग (वाईसीएल) ले ३५ जिल्लाको अध्यक्ष पाउने गरी सहमति भएको आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, वाईसीएलले ४२ जिल्लाको इञ्चार्ज र युवासंघले ३५ जिल्लाको इञ्चार्ज पाएको छ ।

yuba

युवा संघ संयोजक रामप्रसाद सापकोटाले सम्मानजनक ढङ्गले जिल्ला, महानगर र उपमहानगरपालिकाको नेतृत्व टुङ्गिएको बताएका छन् । उनका अनुसार, नेतृत्वमा को रहने भन्ने टुङ्गो वरिष्ठता र सक्रियताका आधारमा एक हप्ताभित्र लाग्ने जनाइएको छ ।

यस्तै संघले कात्तिक ३० गते समितिको बैठक र मंसिर १ मा राष्ट्रिय भेला बोलाउने निर्णय पनि गरेको छ । संघले उपनिर्वाचनका लागि किरण पौडेलको नेतृत्वमा प्रचार प्रसार समिति समेत गठन गरेको छ । समितिमा प्रभात कटुवाल, ज्ञानेन्द्र गुरुङ, पुष्प ओली, रोशन बस्नेत, प्रकाश गौतम, नवीन खड्का र प्रकाश लामिछाने छन् ।

युवा संघले प्रदेश, जिल्ला, महानगर र उपमहानगरपालिका इञ्चार्ज तथा सहइञ्चार्जमा केन्द्रीय समितिका सदस्यहरूलाई पठाउने निर्णय गरेको छ ।

यस्तो छ विज्ञप्ती

list
list 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७