समाजवादीले टुंग्यायो उम्मेदवार, कास्कीमा भूपू ब्रिटिस गोर्खा


१७ कार्तिक २०७६, आईतवार
dharma raj gurung

काठमाडौँ, १७ कार्तिक । आगामी मङ्सिर १४ मा हुने उपनिर्वाचनका लागि समाजवादी पार्टी नेपालले उम्मेदवार बन्ने निश्चित भएको छ ।

आइतबार बसेको केन्द्रीय कमिटी बैठकले उनलाई कास्की २ बाट उम्मेदवार घोषणा गर्ने निर्णय गरेको हो । पार्टीले उनलाई उम्मेदवार बनाउने घोषणा गरे पनि फाइनल भने भैनसकेको समाजवादीका एक नेताले बताए । समाजवादीले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा २ जनाको नाम टुग्याएको हो ।

समाजवादीले उपनिर्वाचनका लागि प्रतिनिधिसभा सदस्यमा कास्की २ मा भूपू ब्रिटिस गोर्खा तथा इन्जिनियर धर्मराज गुरुङलाई चुनेको हो । प्रदेश कमिटीले गुरुङसहित रामबहादुर नेपाली, किरण थापाको नाम सिफारिस गरे पनि पार्टी केन्द्र कमिटीले धनराज गुरुङको नाम टुङ्गो लगाएको हो । साथै प्रदेशसभाका लागि पनि २ जनाको नाम टुङ्गो लगाएको छ ।

बागलुङ २९ख०मा अशोककुमार बिक सिफारिस भएको छ । रिक्त रहेको भक्तपुर ९ख०मा सिफारिस हुन बाँकी रहेको छ । भने, दाङ ३९ख०मा डिल्लीबहादुर डाँगी उम्मेदवार बन्ने निश्चित भएको छ । कास्की २ मा नेकपाबाट विद्या भट्टराई, साझा पार्टीबाट रजनी केसी फाइनल भई सकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७