द भ्वाइसबाट बाहिरिएकी वैशाली लामालाई राई इज किङले साथ दिने


१७ कार्तिक २०७६, आईतवार
Rajesh Payal rai and bhaishali lama

 काठमाडौं, १७ कार्तिक । राई इज किङ अर्थात चर्चित गायक राजेश पायल राईले द भ्वाइस अफ नेपालबाट बाहिरिएकी वैशाली लामालाई साथ दिने भएका छन् ।  

द भ्वाइस अफ नेपालको नकआउट चरणको शनिबारको सोबाट बाहिरिएको लामालाई सामाजिक सञ्जालमा मार्फत युगल गीत गाउने बताएका हुन् ।



 सांगतिक कार्यक्रमको शिलशिलामा दुई महिनादेखि विदेश रहेको गायक राईले नेपाल चाँडै फर्किन्न लागेको बताउँदै नेपाल आएपछि गीत गाउन चाहेको लेखेका छन् । उनले वैशाली लामा बाहिरिन्दै गर्दा बोलेको भिडियो सेयर गर्दे लेखेका छन्,‘द भ्वाइस अफ नेपाल आज हेर्ने मौका मिल्यो म नेपाल चाँडै आउँदैछु, उनिसँग अबसर मिले युगल गीत सेयर गर्नेछु ।’

यस्तै उनले ‘द भ्वाइस अफ इन्डिया’को सिजन २ को ब्याटल राउन्डमा लामाले गाएकाे गीत समेत सेयर गरेका छन् । दार्जिलिङको लामा ‘द भ्याइस अफ इन्डिया’को सिजन २ मा तेस्रो चरणसम्म पुगेकी थिइन् ।

       ‘द भ्वाइस अफ नेपाल’मा कोच राजु लामाको टिममा रहेको उनी नकआउट चरणबाट बाहिरिएकी हुन् ।  नककाउट चरणमा उनीसहित दार्जिलिङका आंकाक्षा थापा र सिकिम्मका गिता शर्मा प्रतिष्पर्धामा थिए । कोच राजुले लाइभ राउण्डका लागि गिता शर्मालाई अगाडि बढाएका थिए ।  
 उनीहरुको प्रस्तुतिपछि उनलाई कोच दिप श्रेष्ठ मन पराएको थिए । भने बाहिरिएका बैशाली र आँकाक्षासँग कोच दीपले डोइट गीत गाउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । आंकाक्षालाई कोच प्रमोदले रोजेका थिए । 

उनले बाहिरिएपछि ‘द भ्वाइस अफ नेपाल’ आफनो सांगतिक क्षेत्रमा पुनरागमन भएको बताएकी थिइन् ।

भ्वाइस अफ नेपालकाे एपिसाेड

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७