प्रधानमन्त्रीले किन डाके आजै आकस्मिक रुपमा दोस्रो पटक मन्त्रिपरिषद वैठक ?


१७ कार्तिक २०७६, आईतवार
pm kp oli

काठमाडौं, १७ कार्तिक । मन्त्रिपरिषद वैठक सकिएको केहि घण्टामै प्रधानमन्त्री केपी शर्मा ओलीले आजै (आइतबार) आकस्मिक रुपमा मन्त्रिपरिषद वैठक बोलाएका छन् ।

प्रधानमन्त्री ओलीले आज साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । ओलीले आज दोस्रो पटक मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । ५ बजेको बैठकका लागि आफू विराटनगरबाट काठमाडौं आउन लागेको सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जानकारी दिएका छन् ।

आज बिहान मात्र पनि मन्त्रिपरिषद् बैठक बसेको थियो । बैठकले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. भगवान कोइरालालाई नियुक्त गर्नेलगायतका निर्णय गरेको थियो । प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा बोलाएको मन्त्रिपरिषदको एजेण्डाका विषय भने अहिलेसम्म खुलाइएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७