नेकपाले टुंग्यायो उम्मेदवार, बागलुङमा जनमोर्चालाई सघाउने


१७ कार्तिक २०७६, आईतवार
Election Nirwachan

काठमाडौँ, १७ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले उपनिवार्चनका लागि उम्मेदवार टुंगो लगाएका छन् ।

आइतबार बसेको नेकपाको सचिवालय बैठकले आफ्ना उम्मेदवार टुंग्याएको हो । कास्की २ प्रतिनिधिसभाका लागि पूर्व पर्यटन मन्त्री रविन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईलाई उम्मेदवार छानेको छ । त्यस्तै प्रदेशसभा अन्तर्गत दाङ ३ (ख) मा विमला वली र भक्तपुर १ (क)मा देवीप्रसाद ढकाल उम्मेदवार बनेका छन् ।

बागलुङ २ (ख)मा राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार बनेकालाई समर्थन गर्ने छन् । भने, धरान उपमहानरपालिकाको मेयरमा प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७