नेकपाले छान्यो उम्मेद्वार, कास्की-२ मा विद्या, भक्तपुरमा देवी, दाङमा विमला र धरानमा प्रकाश


१७ कार्तिक २०७६, आईतवार
biddya2019 10 25 06 08 07

काठमाडौं, १७ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभामा कास्की क्षेत्र नं २ को उपनिर्वाचनका लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेकोे नेकपा सचिवालय बैठकले भट्टराईसँगै प्रदेशसभाका उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बैठकले प्रदेशसभामा भक्तपुरबाट देवीप्रसाद ढकाल र दाङबाट बिमला ओलीलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यस्तै धरान उपमहानगरपालिकाका लागि प्रकाश राईलाई मेयरको उम्मेद्वार बनाउने निर्णय गरिएको छ ।

आगामी मंसिर १४ गते प्रतिनिधिसभा, प्रदेशसभा सदस्य तथा स्थानीय तहका रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७