प्रभु बैंकले १६.८४ प्रतिशत लाभांश दिने


१७ कार्तिक २०७६, आईतवार
prabhu bank MZ9osOdZEt

काठमाडौं, १७ कार्तिक । प्रभु बैंकको संचालक समितिले आगामी साधारण सभामा १६.८४ प्रतिशत लाभांश दिने प्रस्ताव गर्ने भएको छ। मंसिर ६ मा हुने बैंकको १८ औं साधारण सभाले उक्त लाभांश पारित गरेपछि शेयरधनीको लागि वितरण गर्ने जनाएको हो।

बैंकले चुक्ता पूँजीको ०.८४ प्रतिशत बराबर हुन आउने ७ करोड ४८ लाख ८५ हजार रुपैयाँ बोनस शेयरको रूपमा वितरण गर्ने प्रस्ताव गर्नेछ।


यस्तै बैंकले चुक्ता पूँजीको १६ प्रतिशत बराबर हुने १ अर्ब ४२ करोड २८ लाख रुपैयाँ बोनस शेयरको रुपमा वितरण गर्ने प्रस्ताव गर्ने शुक्रबार बसेको संचालनक समितिको बैंठकले निर्णय गरेको छ।

साधारण सभाले शेयरधनीहरूको स्वामित्व पनि परिवर्तन गर्ने भएको छ।

यसअघि ५५ प्रतिशत रहेको संस्थापक शेयरधनीको स्वामित्व ५१ प्रतिशतमा पुर्याउने प्रस्ताव पनि साधारण सभामा गरिने बैंकले जनाएको छ।

यस्तै, साधारण सभाका लागि बैंकले कात्तिक २६ देखि मंसिर ६ गतेसम्म शेयर दाखिला खारेजको कार्य बन्द गर्ने संचालक समितिले निर्णय गरेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७