नेपाल यू-१९ एमसीसीसँग पराजित


१७ कार्तिक २०७६, आईतवार
u 19 and amcc

काठमाडौं, १७ कार्तिक । नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले आफनो पहिलो खेलमा नेपाल यू–१९ राष्ट्रिय क्रिकेट टोलीलाई ३८ रनले पराजित गरेको छ ।

जितका लागि ३ सय ३५ रनको लक्ष्य लक्ष्य पछ्याएकोे यू–१९ टोलीले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ९६ रनमात्र जोड्न सक्यो । नेपालका लागि विकेटकीपर हरि बहादुर चौहानले सर्वाधिक ५२ रन जोडे । ९ औं ओभरको अर्ध शतक पुरा गरेका हरि ४० औं ओभरमा क्याच आउट भए ।

यसैगरी नेपालका लागि कप्तान रित गौतम ४५ रन, लोकेश बमले १८ , खडक बहादुर बोहराले २६ रन, विशाल विक्रम केसी १३ रन र अरुण ऐरी ३० बनाए ।

कुशल मल्ल १२ र प्रतिस जि.सी. ५ रनमा आउट भए । आकाश चन्द र शेर मल्लले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै नेपाललाई विजयी स्कोरतर्फ अग्रसर गराएका थिए । आकाश ३० रन जोड्दै विकेटकिपरको हातबाट समातिए । शेर २८ रनमा नटआउट रहँदा सागर ढकालले १ रन जोडे ।

यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको एमसीसीले तीन ब्याट्सम्यानको अर्धशतकको मदतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३४ रन बनाएको थियो ।
एमसीसीका ओपनर विल रोड्सले सर्वाधिक ९३ रन, इंग्ल्यान्डबाट टेष्ट खेली सकेका टम वेस्टलीले ६५ रन र माइल्स ह्यामन्ड, ६५ रनमा बनाए ।

ओपनर बिली गोडलम्यान र विल रोड्सले १७ ओभरमा १ सय १० रनको शतकीय साझेदारी गर्दै एमसीसीलाई उत्कृष्ट सुरुवात दिलाए । सागरले बिलीलाई १७ औं ओभरको अन्तिम बलमा २२ रनमा एलबी आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाए ।

शेरले कप्तान जिमी एडम्सलाई २३ ओभरको दोस्रो बलमा शून्यमा एलबी डब्लू आउट गराए ।

३७ औं ओभरको चौथो बलमा सागरले विल भान्डरसपारलाई अरुण ऐरीबाट २४ रनमा क्याच आउट गराए । एड योङ ४५ रनमा अविजित रहे । एडले अन्तिम ओभरमा हरि बहादुर चौहानलाई ३ छक्का प्रहार गरेका थिए ।

नेपालका स्पिनर सागर ढकाल र शेर मल्लले समान २ विकेट लिए । त्यस्तै कुशल मल्ल र आकश चन्दको नाममा समान १ विकेट रह्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७