ज्ञानेन्द्रको कप्तानीमा आज पहिलोपल्ट एक दिवसीय खेल हुँदै


१८ कार्तिक २०७६, सोमबार
Gyanendra Malla

काठमाडौं, १८ कार्तिक । नेपाल भ्रमणमा रहेको इङल्याण्डका पुरानो क्रिकेट क्लब मेरिलिबोन (एमसीसी) ले सोमबार नेपाली राष्ट्रिय क्रिकेट टिमसँग मैत्रीपूर्ण प्रतियोगिता खेल्दैछ ।

शनिबार नेपाल आएको एमसीसीले आइतबार त्रिवि क्रिकेट मैदानमा नेपालको यू १९ क्रिकेट टिमसँग एक दिवसीय प्रतियोगिता खेलेको थियो । जसमा नेपाल यू १९ टिम ३८ रनले पराजित भयो ।

एमसीसीले सोमबार नेपालको सिनियर टिमसँग खेल्ने छ । नेपाली टिममा कप्तान परिवर्तन भएपछि पहिलो सिरिज रहेकाले सबैको ध्यान कप्तान ज्ञानेन्द्र मल्लको प्रदर्शनमा टिकेको छ । एमसीसीविरुद्धको खेलका लागि आफू निकै उत्साहित भएको बताएका छन् ।

कीर्तिपुरमा नियमति अभ्यासपछि कप्तान मल्लले सबै एउटै टिम रहेको र ठाँउ पनि एउटै रहेकाले यो प्रतियोगिताका लागि निकै उत्साहित भएको बताए ।

उनले भने ‘एमसीसीको टिम पनि राम्रो रहेको र जित्नका लागि नेपाल आएका छन, यो सिरिजले नेपाली टिमका लागि राम्रो अभ्यास हुने छ ।’ नेपालले नोभेम्बर १२ देखि बंगलादेशमा शुरु हुन लागेको एसीसी इमर्जिङ कप खेल्ने भएकाले यो खेल त्यसको अभ्यासको रुपमा पनि लिएको कप्तान मल्लको भनाइ थियो ।

नेपाली टिममा अहिले नयाँ खेलाडीहरुको बाहुल्यता रहेको छ । त्यसैले यो खेल उनीहरुको एक्सपोजरको रुपमा पनि रहेको कप्तान मल्लको भनाइ थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७