भोजपुर–धरान ट्याक्सी चल्न थाल्यो, एक हजार ५० रुपैयाँ भाडा


१२ पुष २०७४, बुधबार
bhojpur

भोजपुर : भोजपुर–धरान ट्याक्सी सञ्चालनमा आएकोे छ । बिहिबारबाट सगरमाथा ट्याक्सी व्यवसायी संघ, भोजपुर र सुनसरी ट्याक्सी व्यवसायी संघको सम्झौताअनुसार  ट्याक्सी सञ्चालनमा अाएकाे हाे । bhojpur

दुवै व्यवसायी संघबीच भएको निर्णयअनुसार भोजपुरबाट दैनिक तीन र धरानबाट पनि तीनवटा ट्याक्सी सञ्चालनमा ल्याइएको छ । सो रुटमा चल्ने ट्याक्सीको भाडादर रु एक हजार ५० तोकिएको छ ।

यातायात क्षेत्रमा रहेको अनियमित भाडादरलाई नियन्त्रण गर्दै सर्वसाधारणको सहज सेवाका लागिसमेत ट्याक्सी सञ्चालन गरिएकोे संघले जनाएको छ । यसअघि भोजपुर–धरान सडकखण्डमा बसले मात्र सेवा दिँदै आएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७