ललित र पवन चम्केपछि नेपाललाई एमसीसीद्वारा मध्यम लक्ष्य


१८ कार्तिक २०७६, सोमबार
pawan sarraf and lalit rajbanshi

काठमाडौं, १८ कार्तिक । नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले दोस्रो खेलमा नेपालका ललित राजवंशी र पवन सर्राफ चम्केपछि जितको लागि मध्यम लक्ष्य प्रस्तुत गरेको छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले ३९.२ ओभरमा सबै विकेट गुमाएर २०१ रन मात्रै बनायो ।

सुरुवातमा विशाल योगफलतर्फ उन्मुख देखिएको एमसीसीको पवन र ललितले धरासयी बनाएका थिए । उनीहरुको स्पिनमा खुलेर खेल्न सकेको थिएन ।

एमसीसीका ओपनर विल रोड्स र बिली गोडलम्यानले अर्धशतक प्रहार गर्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । २७ औं ओभरको अन्तिम बलमा ललितले रोड्सलाई क्याच आउट गराएका थिए । रोड्सको रनमा ४ चौका सामेल रह्यो । रोड्सले २ पटक सम्म जीवनदान पाएका थिए । विल रोडसले ५४ रन बनाए ।

त्यस्तै, एमसिसि लािग अर्को ओपनर विल्ली गोड्लेम्यानले ५२ रन बनाउँदै अर्धशतक पूरा गरेका थिए । उनलाई ११ औं ओभरको तेस्रो बलमा पवन सरार्फले आरिफ शेखबाट क्याच गर्नु अघि बिलीले ६ चौका र २ छक्का प्रहार गरे ।

पहिलो विकेटका लागि विल रोड्स र बिली गोडलम्यानले १०.३ ओभरमा ७३ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरेपनि त्यसपछि निरन्तर विकेट गुमेको थियो । ललित नारायण राजवंशीले टम वेस्टलीलाई १९ ओभरको दोस्रो बलमा १० रनमा बोल्ड आउट गरे ।

यसैगरी अभिनासले २८ औं ओभरको चौथो बलमा विल भानडरसपारलाई आरिफ शेखबाट ३६ रनमा क्याच आउट गराए । उनले ३ चौका र २ छक्का प्रहार गरे । २९ ओभरको पाँचौ बलमा ललितले विकेटकीपर विनोद भण्डारी स्टम्पिङ आउट गराउँदै ३ रनमा पेभिलिएन फर्काए । कप्तानी जिमी एडम्सलाई पवन सरार्फले ३२ ओभरको चौथो बलमा १० रनमा बोल्ड आउट गरे ।

क्यालम ज्याक्सनलाई ललितले ३७ ओभरमा ८ रनमा आउट गरे । एलेक्स थप्सनलाई पवन सरार्फले १६ रनमा क्याच आउट गराए

नेपालका लागि बलिङतर्फ ललितनारायण राजवंशी र पवन सर्राफले समान ४–४ विकेट लिए । त्यस्तै, अविनाश बोहरा र करण केसीले समान १–१ विकेट लिए ।

एमसिसीविरुद्ध पारस, सोमपाल र सन्दीप टीममा परेन्
आजको एकदिवसीय खेलमा नेपाली राष्ट्रिय टिम भरपर्दा खेलाडीद्वय पारस खड्का र सन्दीप लामिछाने टिममा परेका छैन् । भने तीव्र गतिका बलर सोमपाल कामी पनि छैनन्।

निवर्तमान कप्तान पारसले आरामका लागि एमसिसीविरुद्ध नखेल्ने टिमलाई जानकारी दिएका छन्। उनले एमसिसीविरुद्ध कुनै पनि आधिकारिक खेल खेल्ने छैनन्। उनी एकदिवसीय टिममा मात्र स्थान दिइएको थियो।

सन्दीप र सोमपाललाई भने प्लेइङ ११ मा नराखिएको हो ।

एमसिसीविरुद्धको प्लेइङ ११
ज्ञानेन्द्र मल्ल (कप्तान), इशान पाण्डे, पवन सर्राफ, शरद भेषवाकर, दीपेन्द्रसिंह ऐरी, मोहमद आरिफ शेख, विनोद भण्डारी, करण केसी, ललितनारायण राजवंशी, विक्रम शोव, अविनास बोहरा

एमसिसीको नेपाल भ्रमण

किर्तिपुर मैदानमा हुने खेल
कात्तिक १७ गते – नेपाल यु–१९ भर्सेस एमसिसी (५० ओभर)
कात्तिक १८ गते – नेपाल भर्सेस एमसिसी (५० ओभर)
कात्तिक २० देखि २२ सम्म – नेपाल भर्सेस एमसिसी (तीनदिवसीय– पहिलो श्रेणी)
कात्तिक २३ गते – नेपालको मिश्रित टिम भर्सेस एमसिसी (टी–१०)

पोखरा मैदानमा हुने खेल 

कात्तिक २५ गते – नेपाल आमान्त्रित ११ भर्सेस एमसिसी (टी–२०)

कात्तिक २६ गते – मुख्यमन्त्री ११ भर्सेस एमसिसी (टी–२०)

नेपाली टिम

टी–२० टिम
ज्ञानेन्द्र मल्ल (कप्तान), आरिफ शेख, अमित श्रेष्ठ, अभिनास बोहरा, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, नन्दन यादव, पवन सर्राफ, सन्दीप जोरा, सन्दीप लामिछाने, सोमपाल कामी, सुशन भारी
५० ओभर टिम
ज्ञानेन्द्र मल्ल (कप्तान), आरिफ शेख, बसन्त रेग्मी, विक्रम शोव, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, इशान पाण्डे, करण केसी, ललितनारायण राजवंशी, पारस खड्का, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी
प्रथम श्रेणीको टिम
ज्ञानेन्द्र मल्ल (कप्तान), आरिफ शेख, बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, जितेन्द्र मुखिया, करण केसी, ललितनारायण राजवंशी, पवन सर्राफ, राजु रिजाल, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७