बायर्न म्युनिखले मुख्य प्रशिक्षक कोभाकलाई बर्खास्त


१८ कार्तिक २०७६, सोमबार
Niko Kovac

काठमाडौं, १८ कार्तिक(एजेन्सी) । जर्मन क्लब बायर्न म्युनिखले आफ्ना मुख्य प्रशिक्षक निको कोभाकलाई बर्खास्त गरेका छन् ।

जर्मन बुन्डेसलिगा अन्तरगत शनिबार राति इन्ट्रक्ट फ्रांकफर्टसँग ५–१ को लज्जास्पद हार बेहोरेपछि बायर्नले मुख्य प्रशिक्षक कोभाकलाई आइतबार राति बर्खास्त गरेको हो । शनिबार व्यहोरेको हार बुन्डेजलिगामा उसको १० वर्षकै सबैभन्दा ठूलो हार थियो ।

बायर्नले विज्ञप्ति जारी गर्दै प्रशिक्षकसँगको सल्लाहमै निर्णयमा लिएको उल्लेख गरेको छ । बुन्डेस लिगाको पछिल्लो १० सिजनमा बायर्नको यो सबैभन्दा खराब प्रदर्शन हो ।

 क्रोएसियाका ४८ वर्षे पूर्व मिडफिल्डर कोभाकले सन् २०१८ को जुलाईमा बायर्नको प्रशिक्षण सम्हाल्न आइपुगेका थिए । त्यहाँ उनले गत सिजन बुन्डेसलिगा र लिग कप जितेका थिए ।

       कोभाकले १८ महिने बायर्न बसाईका लागि क्लबलाई धन्यवाद पनि दिएका छन् । कोभाक बर्खास्त गरेसँगै बायर्नले सहायक प्रशिक्षक हान्सी फ्लिकले जिम्मेवारी सम्हाल्नेछन् ।

बायर्न म्युनिखले बुधबार च्यामिपयन्स लिगमा ओलम्पियाकोसँग र शनिबार बण्डेस लिगामा बोरुसिया डोर्टमण्डसँग प्रतिस्पर्धा गर्दैछ ।

     बायर्नले पछिल्लो ४ खेलमा १ मात्र जित दर्ता गरेको थियो । फ्रान्कफर्टअघि होफेनहाइमसंग पनि पराजित बायर्नले अपेक्षित प्रदर्शन गर्न सकेको छैन । च्याम्पियन्स लिगमा टोटेनहमविरुद्ध ७-० को जित दर्ता गरेपनि घरेलु लिगमा भने टोलीको प्रदर्शन बिर्सनलायक रहेको छ ।

बायर्न लिगको अंक तालिकामा चौथो स्थानमा रहेको छ । लिगको शीर्षस्थानमा रहेको बोरुसिया मोन्चेनग्लाडबाक भन्दा ४ अंक पछाडी रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७