एमसीसीमाथि नेपालको पाँच विकेटको जित


१८ कार्तिक २०७६, सोमबार
nepal national cricket team

काठमाडौं, १८ कार्तिक । पारस खड्काले कप्तानबाट राजिनामा दिएपछि नेपाल राष्ट्रिय टिमको नेतृत्व सम्हालेका  ज्ञानेन्द्र मल्ललाई पहिलो खेलमा  जित हात पारेका  छन्  । नेपालले  मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)काे लेगसी टुरअन्तर्गत दोस्रो खेलमा  पाँच विकेटको जित हासिल गरेकाे हाे ।

जितका लागि २ सय २ रनको विजयी लक्ष्य  पछ्याएकाे नेपालले  ३७.३ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्याे । नेपालको जितमा का पवन सरार्फको अलराउन्ड प्रर्दशन गरे । अविजित विकेटकीपर विनोद भण्डारीले ५२ रन र पवन सर्राफले ३८ रन बनाए । अर्धशतकीय इनिङ खेलेका भण्डारीले ४ चौका र २ छक्का प्रहार गरे । उनले ३८ ओभरको तेस्रो बलमा चौका प्रहार गर्दै नेपालको जित जिताउनुको साथै आफ्नो अर्ध शतक पुरा गरेका थिए । पवन सरार्फले आक्रमक ब्याटिङ गर्दै ४ चौका र २ छक्का सहित ३८ रनमा अविजित रहे । पवन र विनोदले छैटौं विकेटका लागि नटआउट ६९ रनको साझेदारी गरे ।

 यासिर अराफातले पहिलो ओभरको दोस्रो बलमै ओपनर इशान पाण्डे ४ रनमा पेभिलिएन फर्काएका थिए । यासिर अराफातले पाँचौ ओभरको तेस्रो बलमा कप्तान ज्ञानेन्द्र मल्ललाई १० रनमा क्याच आउट गराए । मल्लले २ चौका प्रहार गरे ।
 

१८ ओभरको दोस्रो बलमा शरद भेषवकर ४ चौका सहित २४ रनमा क्याच आउट भए । शरद आउट भएलगतै दीपेन्द्र सिंह ऐरी २३ रनमा क्याच आउट हुन पुगे । दीपेन्द्रले २ छक्का प्रहार गरे । २९ औं ओभरमा आरिफ ३ चौका सहित २३ रनमा क्याच आउट भए । नेपालले ३१ रन एक्स्ट्रा पाएको थियो ।

त्यसअघि त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले ३९.२ ओभरमा सबै विकेट गुमाएर २०१ रन बनाएको थियो । सुरुवातमा विशाल योगफलतर्फ उन्मुख देखिएको एमसीसीको पवन र ललितले धरासयी बनाएका थिए । उनीहरुको स्पिनमा खुलेर खेल्न सकेन् ।

एमसीसीका ओपनर विल रोड्स र बिली गोडलम्यानले अर्धशतक प्रहार गर्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । २७ औं ओभरको अन्तिम बलमा ललितले रोड्सलाई क्याच आउट गराएका थिए । रोड्सको रनमा ४ चौका सामेल रह्यो । रोड्सले २ पटक सम्म जीवनदान पाएका थिए । विल रोडसले ५४ रन बनाए ।

त्यस्तै, एमसिसि लािग अर्को ओपनर विल्ली गोड्लेम्यानले ५२ रन बनाउँदै अर्धशतक पूरा गरेका थिए । उनलाई ११ औं ओभरको तेस्रो बलमा पवन सरार्फले आरिफ शेखबाट क्याच गर्नु अघि बिलीले ६ चौका र २ छक्का प्रहार गरे ।

पहिलो विकेटका लागि विल रोड्स र बिली गोडलम्यानले १०.३ ओभरमा ७३ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरेपनि त्यसपछि निरन्तर विकेट गुमेको थियो । ललित नारायण राजवंशीले टम वेस्टलीलाई १९ ओभरको दोस्रो बलमा १० रनमा बोल्ड आउट गरे ।

यसैगरी अभिनासले २८ औं ओभरको चौथो बलमा विल भानडरसपारलाई आरिफ शेखबाट ३६ रनमा क्याच आउट गराए । उनले ३ चौका र २ छक्का प्रहार गरे । २९ ओभरको पाँचौ बलमा ललितले विकेटकीपर विनोद भण्डारी स्टम्पिङ आउट गराउँदै ३ रनमा पेभिलिएन फर्काए । कप्तानी जिमी एडम्सलाई पवन सरार्फले ३२ ओभरको चौथो बलमा १० रनमा बोल्ड आउट गरे ।

क्यालम ज्याक्सनलाई ललितले ३७ ओभरमा ८ रनमा आउट गरे । एलेक्स थप्सनलाई पवन सरार्फले १६ रनमा क्याच आउट गराए

नेपालका लागि बलिङतर्फ ललितनारायण राजवंशी र पवन सर्राफले समान ४–४ विकेट लिए । त्यस्तै, अविनाश बोहरा र करण केसीले समान १–१ विकेट लिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७