लागूऔषध कारोबारको आरोपमा डच खेलाडीलाई साढे आठ वर्ष जेल सजाय


१९ कार्तिक २०७६, मंगलवार
doping

काठमाडौं, १९ कार्तिक । नेदरल्याण्ड्सकी ओलम्पियन माडिया गाफुरलाई लागूऔषधको अवैध ओसार पसार र कारोबारमा संलग्न पाइएपछि साँढे आठ वर्ष जेलको सजाय भएको छ ।

रियो ओलम्पिकमा चार गुणा चार सय मिटरमा सहभागिता जनाएकी गाफुर जर्मनीमा सीमानामा सुरक्षा जाँचका क्रममा पक्राउ परेकी थिइन् । उनको गाडीमा २० लाख पाउण्ड बराबरको लागूऔषध भेटिएको थियो ।

उनीसँग ५० केजी ट्याबलेट, २ केजी क्रिष्टल मेथ र झण्डै १२ हजार युरो बरामद गरिएको थियो । डच एथलेटिक्स युनियनले भने यो निर्णय प्रति आश्चर्यता प्रकट गरेको छ ।

गाफुरले यस्तो गर्न नसक्ने युनियनले दाबी गरेको छ । डच एथलेटिक्स युनियनले भनेको छ, ‘हामी डोपिङ र ड्रग्सको प्रयोगको पूर्ण रुपमा विरोध गर्दै आएका छौं । डच डोपिङ कानुन प्रति पनि हामी प्रतिबद्ध छौं ।’

आफू निर्दोष रहेको बताउने गुफरले केल्भ जिल्ला अदालतको यो निर्णयविरुद्ध पुनरावेदन गर्ने बताइएको छ । उनले आफ्नो गाडीमा भएको सामान के हो भन्ने आफूलाई जानकारी नभएको बयान दिएकी थिइन् ।

सामान दिनेको बारेमा पनि उनले बताउन चाहिनन् । साथीभाइ र परिवारलाई खतरा हुन सक्ने भन्दै उनले आफूलाई सामान दिने ब्यक्तिको नाम उल्लेख गर्न नसक्ने बताइन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७