पारस र सन्दीपले इमर्जिङ टिम्स एसिया कप नखेल्ने !


१९ कार्तिक २०७६, मंगलवार
paras khadka and sandip lamichhane

काठमाडौं, १९ कार्तिक । नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछानेले इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् । उनीहरुले बंगलादेशमा हुने इमर्जिङ एसिया कप नखेल्ने भएको नेपाल क्रिकेट संघ (क्यान)का सचिव अशोक नाथ प्याकुरेलले जानकारी दिए ।

यूएईमा हुने टि–१० लिग र इमर्जिङ कपको मिति जुधेकोले पारस र सन्दीप इमर्जिङ एसिया कप खेल्न नसक्ने भएका हुन् । आबुधाबीमा हुने टि–१० लिगमा उनीहरुले अनुबन्ध भएका छन् । पारसले अबुधाबी टिम र सन्दीपले कर्नाटक टस्कर्सबाट खेल्ने छन् ।

टि–१० लिग इमर्जिङ एसिया कप तालिकामै नभएको हुँदा अहिले आएर टि–१० लिग खेलको लागि नो अब्जेक्शन लेटर मागेका छन् । यो पटक पारस र सन्दीपलाई टि–१० खेल्न अनुमती दिएको छ । तर आगमी दिनमा भने नेपालको खेल हुँदा नदिने महासचिव प्याकुरेलले जानकारी दिए ।

इमर्जिङ टिम्स एसिया कप कात्तिक २८ देखी मंसिर ७ सम्म बंगलादेशमा हुने छ । त्यस्तै टि टेन कात्तिक २९ देखी मंसिर ८ सम्म यूएईमा हुने छ ।

इमर्जिङ कपमा समुह ए मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र ओमान रहेका छन् । समुह बी मा नेपाल, भारत, बंगलादेश र हङकङ रहेको छ ।

नेपालले भारतसँग कात्तिक २८, हङकङसँग कात्तिक ३० र मंसिर २ मा बंगलादेशसँग खेल्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७