विप्लवका २१ नेता पक्राउमा सेन्ट्रीको ‘सुराकी’, चार कार्यकर्ता पार्टीको नियन्त्रणमा


१९ कार्तिक २०७६, मंगलवार
Biplab

दाङ, १९ कार्तिक । आफ्नै सेन्ट्रीको सुराकीका कारण पार्टीका माथिल्लो तहका २१ नेता पक्राउ परेको आरोप लगाउँदै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले चार कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

दाङको राजापुरमा २१ नेता पक्राउ पर्नुमा आफ्नै सेन्ट्रीले प्रहरीलाई सुराकी थिएको विप्लव समूहको आरोप छ । पार्टी अनुसन्धानबाट ती कार्यकर्ताले ‘सुराकी’ गरेको पुष्टि भइसकेको विप्लवका एक नेता बताउँछन् । उनले दाङको राजापुरमा भएको पार्टी बैठकका लागि सुरक्षामा खटिएका केही कार्यकर्ताले नै प्रहरीका लागि सुराकीको काम गरेपछि नेताहरू पक्राउ परेको दावी गरे ।

राजापुरबाट असोज ३० गते विप्लवका दाजु ‘वीरजंग’ सहित राप्ती ब्युरोका २१ जना माथिल्लो तहका नेता पक्राउ परेका थिए । उनीहरूलाई राजपुरको जङ्गल क्षेत्रस्थित एक घरमा राति सुतिरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको थियो ।

विप्लव समूहका ती नेताका अनुसार सुरक्षामा खटिएका केही कार्यकर्ताले नै प्रहरीलाई नेताहरू सुतिरहेको ठाउँसम्म पु¥याउन सहयोग गरेका थिए । ‘उनीहरू प्रहरीकै योजनाअनुसार हाम्रो पार्टीमा घुसेको हाम्रो विश्लेषण छ,’ उनले भने । ती युवालाई पक्रिएर नेकपा विप्लवको सुराकी गर्ने शर्तमा प्रहरीले छाडेको आशंका समेत उनले गरेका छन् ।

‘उनीहरू लामो समयदेखि हाम्रो सम्पर्कमा थिए। पार्टीले पनि स(सानो जिम्मेवारी दिँदै गयो। उनीहरूले पूरा गर्दै गए,’ उनले भने, ‘पार्टीका आन्तरिक बैठकमा पनि उनीहरूलाई आउजाउको समस्या थिएन ।’ त्यसैले तीमध्ये केही युवा असोज ३० गते राजापुरमा राप्ती ब्युरोको बैठक चलिरहँदा नेताहरूको सुरक्षामा खटिएको उनले बताए ।

ती चार युवाले आफूले सुराकी गरेको स्वीकार गरिसकेको पनि उनले बताएका छन् । ‘उनीहरुलाई कस्तो कारबाही गर्ने हेडक्वार्टरले टुंगो लगाउँछ,’ उनले भने । दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले चार युवा विप्लव समूहको नियन्त्रणमा रहेकोबारे जानकारी नआएको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७