इस्लामिक स्टेटकी ‘सूचनाको खानी’ बग्दादीकी दिदी अवाद पक्राउ


१९ कार्तिक २०७६, मंगलवार
bagdadi

अजाज नगर, १९ कार्तिक । आतंकवादी समूह इस्लामिक स्टेटकी ‘सूचनाको खानी’ को रुपमा दावी गरिएकी स्टेटका पूर्व प्रमुख अबु बकर अल–बग्दादीकी दिदी अवाद पक्राउ परेकी छन् ।

उत्तरी सिरियाको अजाज नगर नजिकैबाट अल–बग्दादीकी ६५ वर्षीया दिदी रस्मिया अवादलाई सोमबार पक्राउ गरेको टर्कीका अधिकारीहरूले दावी गरेका छन् । त्यस नगर हाल टर्कीको नियन्त्रणमा रहेको सिरियाको अलेप्पो प्रान्तमा पर्छ ।

अमेरिकाको विशेष सेनाले हालै अक्टोबर २६ तारिखमा उत्तरी सिरियामा गरेको कारबाहीमा अल–बग्दादी मारिएका थिए । अजाज नगरमा अवाद आफ्ना पति र परिवारका अन्य सदस्यसहित बस्दै आएको बीबीसीले जनाएको छ ।

बग्दादीकी दिदी अवादलाई पक्राउ गरेपछि टर्कीले बग्दादीबारे धेरै सूचना प्राप्त गर्नसक्ने अनुमान गरेको छ । टर्कीका अधिकारीहरुले अवादलाई ‘सूचनाको खानी’ भन्दै उनीबाट आइएसबारे धेरै सूचना पाउन सकिने बताएका छन् ।

पश्चिमा विज्ञहरूले टर्कीको दाबीबारे सन्देह व्यक्त गरेका छन् यद्यपी अवादसँग अल–बग्दादीको जीवन र आईएसको संरचनाबारे आन्तरिक जानकारी हुन सक्ने बताएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७