भारतमा रुबिनाको टोली च्याम्पियन (भिडियो सहित)


१२ पुष २०७४, बुधबार
rubina chhetri

काठमाडौं : नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान रुबिना क्षेत्रीले नेतृत्व गरेको टोली भारतको जम्मुमा भएको एक स्थानिय क्रिकेट प्रतियोगितामा च्याम्पियन बनेको छ।rubina chhetri
रुबिनाको कप्तानीमा रहेको जम्मु प्रिसेन्स फाइनलमा सोमबार श्रीनगर क्वीन्सलाई पराजित गर्दै जम्मुमा आयोजना भएको चिफ मिनिस्टर टी–२० प्रिमियर लिगको च्याम्पियन बनेको हो ।
जम्मुकश्मिर प्रहरी र राज्य खेल परिषदको आयोजनामा भएको प्रतियोगिताको विजेता जम्मु प्रिन्सेसले २ लाख तथा उपविजेता श्रीनगरले १ लाख नगद हात पारेको स्थानिय समाचार माध्यमले जनाएको छ।
प्रतियोगितामा नेपाल र बंगलादेशका १२ अन्तराष्ट्रिय महिला खेलाडीहरु सहित जम्मु कश्मिरका ४५ तथा बाँकी भारतका अन्य भागका खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिता रहेको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७